७ वैशाख २०८१ शुक्रबार
प्रवास

एनआरएन अमेरिकामा विवाद चर्कियो

टेक्सास (अमेरिका)-गैरआवासीय नेपाली संघ (एनआरएनए) अमेरिका निर्वाचन समितिले मनोनयन दर्ता गर्ने उम्मेदवारहरुको नाम सार्वजनिक गरेलगत्तै विवाद सतहमा आएको छ। प्रकासित नामावलीमा चार अध्यक्षसहित एक सय ६७ जनाको नाम सार्वजनिक छ। निर्वाचन समितिले अध्यक्षका प्रत्यसी गौरी जोशीको नाम प्रकासित नगरेपछि उनको समुहले न्यायिक समितिमा उजूरी गरेको  छ।

बिहीबार मध्यरातमा प्रकाशित नामावलीमा एक सय ६७ जना उम्मेदवारको नाम सार्बजनिक गरिएको छ। नामावली अनुसार एनआरएन अमेरिकाको अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, महासचिव, सचिव, कोषाध्यक्ष सहित २१ पदका अतिरिक्त अन्तर्राष्ट्रिय समन्वय परिषद (आईसीसी) सदस्य एवम् विभिन्न च्याप्टर अध्यक्षका पदका लागि उम्मेदवारी परेको छ।

आईसिसिका विधान मस्यौदा संसोधन समितिका संयोजक डा. हेमराज शर्माले स्थानीय एनसिसि कुन देशमा कहिले दर्ता भयो भन्ने विषयमा कुनै सरोकार नभएको भन्दै आईसिसिले मान्यता दिएको बेलादेखिको अवधिलाई मान्यता हुने बताए।

प्रकाशित नामावलीमा अध्यक्ष पदका प्रत्यासीहरुमा डा.केशव पौडेल, रविना थापा, कृष्ण पोख्रेल र रामसी पोख्रेल रहेका छन्। जोशीले उम्मेदवारी दर्ता गरे पनि के कति कारणले प्रकाशित सुचीमा उनको नाम परेन, त्यसको जानकारी आफुलाई नभएको बताउँदै आफुले न्यायिक समितिमा उजुरी हालीसकेको बताए।

निर्वाचन आयोगले नाम सार्वजनिक गर्ने वित्तिकै जोशीको उम्मेदवारीको विषयलाई लिएर विवाद बढेपछि निर्वाचन आयोग विवादमा परेको छ। प्रमुख निर्वाचन आयुक्त बन्दिता शर्मा दाहालले उम्मेदवारीका लागि आवश्यक मापदण्ड एवम् कागजातको अभावमा, कति आकांक्षीहरुको नाम सुचीमा नपरेको बताइन्। ‘यो निर्वाचन समिति स्वतन्त्र निकाय हो, हामीले विधान, नियममा बसेर कार्यसम्पादन गर्ने हो जहाँसम्म गौरी जोशीको कुरा छ उम्मेदवार बन्न उहाँका लागि आवश्यक मापदण्ड, एक कार्यकाल राष्ट्रिय वा अन्तर्राष्टिय परिषदमा काम गरेको प्रमाणको अभावमा सुचीमा नपरेको हाे।'

प्रमुख आयुक्त दाहालका अनुसार निर्वाचन आयोगले सुचीमा नपरेका सबैलाई त्यसको कारण बारे छिट्टै नै सुचना दिईने र दुई दिनभित्र निर्वाचन कमिटीलाई चित्तबुझ्दो आवश्यक कागजात प्राप्त भए अहिले नाम सुचीमा नाम नभएकाहरु पनि अन्तिम सुचीमा पर्न सक्नेछन्।
 
गैरआवासीय नेपाली संघको विधान २०१५ अनुसार राष्ट्रिय समन्वय परिषद्को अध्यक्षको उम्मेदवारका लागि राष्ट्रिय समन्वय परिषद वा अन्तर्राष्ट्रिय परिषदको सदस्य वा पदाधिकारी भई एक कार्यकाल काम गरेको हुनुपर्ने व्यवस्था छ । आईसिसिका विधान मस्यौदा संसोधन समितिका संयोजक डा. हेमराज शर्माले स्थानीय एनसिसि कुन देशमा कहिले दर्ता भयो भन्ने विषयमा कुनै सरोकार नभएको भन्दै आईसिसिले मान्यता दिएको बेलादेखिको अवधिलाई मान्यता हुने बताए।

अमेरिकामा सन् २०१० दर्ता भयो भन्ने विषयले मान्यता नरहने भन्दै शर्माले भने, 'यसो हो भने हालसम्म स्थापना गरिएका दुईतिहाई एनसिसि सम्बन्धित देशमा दर्ता नै छैनन्। त्यहाँको कानुनका कारण दर्ता गर्न  सकिएको छैन। अमेरिकाको हकमा पनि त्यही लागू हुने भएकाले जुन बेला मान्यता दिइयो त्यहि बेलादेखि गणना हुन्छ।'

महासचिब बद्री केसीले आईसीसी केन्द्रमा भएकाे तथ्य केलाउँदा सन् २००६ जनवरी २१ मा एनसीसी अमेरिकालाई मान्यता दिएको बताए। उनले नागरिकन्यूजसँग भने, 'यस्तै अवस्था रहे एवं साधारण सभा नभएको शाखाहरुबाट वा विवाद हुने एनसिसिबाट केन्द्रिय अधिवेसनमा भाग लिन र उम्मेदवार हुन नपाउने स्थिति अाउन सक्छ।' आगामी अक्टोबरमा हुने आईसिसि निर्वाचनमा भाग लिन सबै शाखाहरुले सेप्टेम्बर १५ सम्म साधारणसभा गरी सक्नुपर्नेछ। अन्यथा निर्वाचन प्रक्रियामा भाग लिन पाउने छैनन् ।
 
यो निर्वाचनबाट सबै तहका गरी २०० देखि ३०० सम्म विभिन्न उम्मेदवारहरुको चयन हुनेछन्। निर्वाचनका लागि उम्मेदवार हुनका लागि अध्यक्ष र आइसीसी सदस्यहरुको हकमा बिधानत एनसीसी या आइसीसीको कार्यसमितिमा एक कार्यकाल काम गरेको अनिवार्य हुनुपर्ने छ।

सदस्यता संख्याका आधारमा अमेरिकाबाट एक सय ७० जना केन्द्रिय डेलिकेटस् जान पाउने भएकाले केन्द्रिय निर्वाचनमा उम्मेदवार हुने प्रमुख पदका दावेदारहरुको आँखा पनि अमेरिकी चुनावमा राम्ररी लागेको छ । अमेरिका एनआरएनको ७६ शाखामध्ये सबै भन्दा बढी सदस्य भएको शाखा हो। 

प्रकाशित: ७ श्रावण २०७४ ११:२१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App