बीबीसी विश्व सेवाका पत्रकार खड्कालाई फ्रयाङ्कफर्टमा सम्मान गरिने

बीबीसी विश्वसेवामा वातावरण संवाददाताको रुपमा कार्यरत पत्रकार नवीन सिंह खड्का सम्मानित हुने भएका छन्। युरोपबाट सञ्चालित अनलाइन पत्रिका नेपालीनेपाली डटकमको तेस्रो वार्षिकोत्सव समारोहमा पत्रकार खड्का सम्मानित हुने भएका हुन्। आगामी जुलाई २८ तारिख जर्मनीको फ्रयाङ्कफर्टमा आयोजना गरिने समारोहमा उनलाई सम्मान गर्न लागिएको हो।