एमालेले संसद् सचिवालयलाई गरायो सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारी
नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारी संसद् सचिवालयलाई गराएको छ।
नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारी संसद् सचिवालयलाई गराएको छ।
सरकारले मनसुन भित्रिएसँगै विपद्जन्य घटनाबाट हालसम्म ४७ जनाको ज्यान गएको बताएको छ।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले विद्यालय शिक्षालाई निःशुल्क र गुणस्तरीय बनाउन सरकारले बजेट थप गर्नुपर्ने बताएकी छिन्।
सहकारी संस्थाको बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले गृह सचिव र आईजीपीको बयान लिँदै छ।

नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारी संसद् सचिवालयलाई गराएको छ।
सरकारले मनसुन भित्रिएसँगै विपद्जन्य घटनाबाट हालसम्म ४७ जनाको ज्यान गएको बताएको छ।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले विद्यालय शिक्षालाई निःशुल्क र गुणस्तरीय बनाउन सरकारले बजेट थप गर्नुपर्ने बताएकी छिन्।
सहकारी संस्थाको बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले गृह सचिव र आईजीपीको बयान लिँदै छ।
बेलायतका प्रधानमन्त्री एवं कन्जर्भेटिभ पार्टीका नेता ऋषि सुनकले आफ्नो हार स्वीका गरेका छन्।
राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको अध्यक्ष मण्डलको संयोजकमा शरतसिंह भण्डारी नियुक्त भएका छन्। दुई महिनामा संयोजक फेरिने चक्रिय प्रणाली अन्तर्गत भण्डारी अध्यक्ष मडलको संयोजक नियुक्त भएको महासचिव केशव झाले जानकारी दिएका छन्।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले गरिबी अन्त्य गर्नका लागि गरिबी निवारण सम्बन्धी सम्पूर्ण कार्यक्रम एकीकृत रूपमा सञ्चालन गर्नुपर्ने बताएकी छिन्।
राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले सबै नेपाली मिलेर नेपाललाई समृद्ध बनाउन सकिने बताएका छन्। ‘तुखबर डटकम’ को दोस्रो वार्षिकोत्सव मंगलबार हेटौंडामा उद्घाटन गरेपछि उनले समृद्धि राष्ट्रियता एकताबाट मात्र सम्भव रहेको बताएका हुन्।
युरोपियन युनियनले नेपालसँगको साझेदारी बढाउने चाहना व्यक्त गरेको छ। सोमबार काठमाडौंमा युरोपियन डेलिगेसनको नयाँ कार्यालयको उद्घाटन गर्दै एसिया र प्रशान्त क्षेत्रका लागि युरोपियन एक्सटर्नल एक्सन सर्भिसका उपप्रबन्ध निर्देशक पाओला पम्पालोनी र नेपालका लागि इयुका राजदूत भेरोनिका कोडीले नेपालसँगको साझेदारीलाई थप विकास गर्न चाहेको जनाएका छन्।
मधेसमा सिके राउतको परिचय अडिग राजनीतिक अभियन्ताको थियो। छोटो अवधिमा मधेसी समाजमा हिरो बनेका रावतले राज्यको मात्र नभई अन्तराष्ट्रिय केन्द्रसमेतको ध्यान आफूतिर खिच्न सफल भए। ‘स्वतन्त्र मधेस गठबनधन’ नामक संगठनबाट स्वतन्त्र मधेसको अभियान सुरु गरेका उनी सोमबारबाट ‘जनमत पार्टी’का अध्यक्ष बनेका छन्। यससँगै सिकेको क्रेज पनि घट्दै गएको छ।
एम्बुलेन्स नआउँदै भुक्तानी
खरिद प्रक्रियाअनुसार सामान आएपछि मात्रै भुक्तानी गर्नुपर्ने सामान्य नियमलाई लत्याउँदै नेपाल प्रहरीले एम्बुलेन्स नआइपुग्दै त्यसबापतको रकम भुक्तानी गरेको छ। नेपाल प्रहरीले गत माघमा चारवटा एम्बुलेन्स खरिद गर्न टेन्डर आह्वान गरेको थियो। त्यसअनुसार असार मसान्तसम्म सबै एम्बुलेन्स आइपुग्नुपर्ने भए पनि साउन बित्न लाग्दासम्म आएका छैनन्। तर एउटा एम्बुलेन्सको करिब ४७ लाख रूपैयाँका दरले पौने २ करोड रकम भने भुक्तानी गरिसकिएको छ।
पछिल्लो ४८ घन्टामा १० जनाको मृत्यु, लकडाउन खुलेयता काेराेनाबाट २८ काे मृत्यु
पछिल्लो समय नेपालमा कोरोना संक्रमित बढेसँगै मृत्यु हुनेको संख्या पनि क्रमिक रूपमा बढेको छ। लकडाउन अवधिसम्म मृत्युको संख्या कम भएतापनि लकडाउनपछि यो संख्या ह्वात्तै बढेको पाइएको छ । कोरोना भाइरसको संक्रमणबाट आज बिहिबार थप तीन जनाको मृत्यु भएको छ । बुधबारमात्र ६ जनाको मृत्यु भएको थियो ।
कोराना कहर : कनकासुन्दरी गाउँपालिका सिल
जुम्लाको कनकासुन्दरी गाउँपालिका ३ लुम गाउँकी एक ४२ वर्षीया महिलामा कोराना भाइरसको संक्रमण पुष्टि भएपछि गाउँपालिका नै सिल गरिएको छ । बिहिबारदेखि लागु हुने गरि तीन दिन सम्म गाउँपालिका सिल गरिएको कनकासुन्दरी गाउँपालिकाले जनाएको छ ।
अर्को मृतकमा पनि कोरोना पुष्टि, पर्सामा साउनयता १६ काे मृत्यु
गत मंगलबार राति आफनै घरमा मृत्यु भएका वीरगन्ज ११ श्रीपुरका ८० वर्षीय वृद्धमा पनि कोरोना संक्रमण पुष्टि भएको छ। नारायणी अस्पतालको पिसिआर प्रयोगशालाबाट बिहीबार साँझ आएको परीक्षण रिपोर्टमा ती वृद्धमा पनि कोरोना देखिएको छ ।
हत्या आरोपमा युवा पक्राउ
हत्या आरोपमा खोटाङको केपीलासगढी गाउँपालिका–१ फेदीका २७ वर्षीय राकेश राई पक्राउ परेका छन् । सामान्य विवादकाक्रममा चिर्पट प्रहार गर्दा स्थानीय ५६ वर्षीय जबरधन राईको मृत्यु भएपछि प्रहरीले राकेशलाई पक्राउ गरेको हो । साउन २० गते राती विवादकाक्रममा राकेशले रिसको आवेगमा दाउराको चिर्पट प्रहार गर्दा गम्भीर घाईते भएका जबरधनको अस्पताल लैजाने तयारीकाक्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
सूर्याेदय र सन्दकपुर ‘लकडाउन’
सूर्याेदय नगरपालिका र सन्दकपुर गाउँपालिकामा अनिश्चितकालीन ‘लकडाउन’ गरिएको छ । कोरोनाभाइरस (कोभिड १९)को जोखिम बढेपछि दुवै स्थानीय तहले बिहीबार राति १२ बजेदेखि लागू हुनेगरी अनिश्चितकालका लागि लकडाउन घोषणा गरेका हुन् ।
मृतकमा कोरोना पुष्टि, काेराेनाबाट साउनयता पर्सामा १५ जना मृत्यु
वीरगन्जको अस्थायी कोरोना विशेष अस्पतालमा बिहीबार बिहान मृत्यु भएका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै साउनयता पर्सामा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १५ पुगेको छ । वीरगन्ज–१० आदर्शनगर घर भएका ५६ वर्षीय पुरुषलाई गण्डकस्थित अस्थायी कोरोना बिशेष अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो ।