८ वैशाख २०८१ शनिबार
समाज

पछिल्लो ४८ घन्टामा १० जनाको मृत्यु, लकडाउन खुलेयता काेराेनाबाट २८ काे मृत्यु

साउनयता २९ को मृत्यु, कति गते कति जनाको मृत्यु ?

पछिल्लो समय नेपालमा कोरोना संक्रमित बढेसँगै मृत्यु हुनेको संख्या पनि क्रमिक रूपमा बढेको छ। लकडाउन अवधिसम्म मृत्युको संख्या कम भएतापनि लकडाउनपछि यो संख्या ह्वात्तै बढेको पाइएको छ । कोरोना भाइरसको संक्रमणबाट आज बिहिबार थप तीन जनाको मृत्यु भएको छ । बुधबारमात्र ६ जनाको मृत्यु भएको थियो । स्वास्थ्य मन्त्रालयका अनुसार बुधबार ४ बजेसम्म दुई जनाको मृत्यु पुष्टि गरेको थियो भने बिहिबार ४ बजेसम्म थप पाँच जनाको कोरोनाका कारण मृत्यु भएको पुष्टि गरेको थियो । बिहिबार साँझसम्म थप  तीन जनाको मृत्यु भएको छ। 

नारायणी अस्पतालको पिसिआर प्रयोगशालाबाट बिहीबार साँझ आएको परीक्षण रिपोर्टमा पर्साको थप दुई जना मृतकमा कोरोना पुष्टि भएको छ । नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपाध्यायले यसको पुष्टि गरेका छन् । वीरगन्ज–१० आदर्शनगर घर भएका ५६ वर्षीय पुरुषलाई गण्डकस्थित अस्थायी कोरोना बिशेष अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो । गत मंगलबार राति आफनै घरमा मृत्यु भएका वीरगन्ज ११ श्रीपुरका ८० वर्षीय वृद्धमा पनि कोरोना संक्रमण पुष्टि भएको छ। यस्तै धनुषा मिथिला नगरपालिका–१० का ७२ वर्षीया वृद्धाको साउन १७ गते उपचारका क्रममा ओम अस्पतलामा काठमाडौंमा मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गाैतमले जानकारी दिएका छन् । सिरहा गोगलबजार नगरपालिका–१२ बेतौनाका २२ वर्षीय युवकको कोरोनाबाट मृत्यु भएको छ। किडनीका बिरामी उनको बिहिबार राति धरानस्थित बीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको सिरहाका प्रमुख जिल्ला अधिकारी प्रदिपराज कणेलले जानकारी दिए। यो संगै पछिल्लो ४८ घन्टामा १० जनाको मृत्यु भएको हो ।

पछिल्लो ४८ घन्टामा पर्सामा चार जना, मोरङ र काठमाडौंमा दुई/दुई जना र सप्तरीमा एक जनाको मृत्यु भएको छ । पर्साको पोखरिया ९ का १८ वर्षीया किशोरी र वीरगञ्ज ५ का ४६ वर्षीय पुरुष रहेका छन्। साउन १९ गते झाडापाखालाबाट ग्रस्त किशोरीलाई उपचारका लागि नेशनल मेडिकल कलेज लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । उनको स्वाब संकलन गरी परीक्षण गर्दा कोभिड पोजेटिभ देखिएको प्रवक्ता गौतमले बताए । यस्तै वीरगञ्ज ५ का ४६ का पुरुषको साउन २१ गते अस्थायी कोभिड अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।  

मोरङको रंगेली नगरपालिका ८ का ४५ वर्षीय पुरुषको साउन २१ गते मृत्यु भएको हो । ज्वरो र स्वासप्रस्वासमा समस्या आएपछि उपचारका लागि कोसी अस्पताल लैजाँदै गर्दा उनको बाटोमै मृत्यु भएको हो । यस्तै मोरङको विराटनगर महानगरपालिका ४५ वर्षीय पुरुषको पनि कोसी अस्पतालमै साउन २१ गते उपचारका क्रममा मृत्यु भएको हो ।  

सर्लाहीको मलंगवा ८ का ६५ वर्षीया वृद्धाको साउन २१ गते सशस्त्र प्रहरी बलको अस्पताल बलम्बुमा उपचारका क्रममा निधन भएको हो । सप्तरीका ४२ वर्षीय पुरुषको साउन २१ गते निधन भएको प्रवक्ता डा. गौतमले बताए । यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ६७ पुगेको छ ।

नेपालमा पहिलोपटक जेठ ३ गते कोरोना संक्रमणका कारण सिन्धुपाल्चोककी  एक सुत्केरीले ज्यान गुमाएकी थिइन्। त्यसबेला नेपालमा संक्रमतिको संख्या २ सय ८१ मात्रै थियो। त्यस्तै नेपालमा कोरोना संक्रमणबाट दोस्रो मृत्यु जेठ ४ गते भएको थियो। स्वास्थ्य मन्त्रालयका अनुसार दाङ नरैनापुर गाउँपालिका–५ स्थित दीपेन्द्र प्राथमिक विद्यालयको क्वारेन्टिनमा रहेका २४ वर्षीय युवकको कोरोनाका कारण मृत्यु भएको थियो। जेठ ८ गते नेपालमा कोरोनाका कारण तेस्रो व्यक्तिको मृत्यु भएको थियो ।

पछिल्लाे ४८ घन्टामा ७ सय ४१ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ भने डिस्चार्ज भएका छन् । याेसंगै नेपालमा संक्रमितकाे संख्या २१ हजार ७ सय ५० पुगेकाे छ भने १५ हजार ३ सय ८९ उपचारपछि निकाे भएर घर फर्केका छन्।

काठमाडाैं उपत्यका मात्र बुधबार ६२ जना संक्रमित थपिएका थिए भने बिहिबार थप ८७ जना काेराेना संक्रमित थपिएका छन् । उपत्यका लकडाउन खुलेसंगै संक्रमितकाे संख्या पनि बढेकाे देखिन्छ ।

कुन कुन दिन कतिको मृत्यु ?

मितिसंख्याजम्मा
साउन २२४ जना६८
साउन २१६ जना६४
साउन २० १ जना५८
साउन १८१ जना ५७
साउन १६ ४ जना५६
साउन १५३ जना५२
साउन १३१ जना४९
साउन १२३ जना४८
साउन १० १ जना४५
साउन ९ १ जना४४
साउन ८ १ जना४३
साउन ७२ जना४२
साउन २१ जना४०
असार ३११ जना३९
असार २७३ जना३८
असार २२१ जना३५
असार २०२ जना३४
असार १९१ जना३२
असार १८१ जना३१
असार १७१ जना३०
असार १५१ जना२९
असार १३१ जना२८
असार १२१ जना२७
असार ११२ जना२६
असार ९१ जना२४
असार ७१ जना२३
असार ४२ जना२२
असार ३१ जना२०
जेठ ३२१ जना१९
जेठ ३१२ जना१८
जेठ ३०१ जना१६
जेठ २७१ जना१५
जेठ २६१ जना१४
जेठ २४२ जना१३
जेठ २३१ जना११
जेठ २२१ जना१०
जेठ २११ जना
जेठ १८२ जना
जेठ १६१ जना
जेठ १५१ जना
जेठ १२१ जना
जेठ ८१ जना
जेठ ४१ जना
जेठ ३१ जना

प्रकाशित: २२ श्रावण २०७७ १७:२८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App