११ कार्तिक २०८३ बुधबार
image/svg+xml
अन्तर्राष्ट्रिय

स्पेनमा दुई रेल ठोक्किँदा १० जनाको मृ’त्यु

स्पेनमा दुईवटा रेल ठोक्किँदा १० जनाको मृत्यु भएको छ।

मड्रिडको दक्षिणमा रहेको मोरा र ओर्गाज नगरपालिकाको बिचमा तीव्र गतिको दुई रेलहरु ठोकिएका हुन्।

दुर्घटनामा परी १० जनाको मृत्यु भएको जुन्ता डे कास्टिला–ला मान्चा क्षेत्रका क्षेत्रीय सरकारका प्रवक्ता एस्थर पाडिलाले जानकारी दिए। मृत्यु हुनेको संख्या अझै बढ्न सक्ने पाडिलाले बताए।

स्पेनी प्रधानमन्त्री पेड्रो सान्चेजले ‘टोलेडोमा भएको गम्भीर रेल दुर्घटनाबाट आफू स्तब्ध भएको’ बताएका छन्।

‘म यातायात मन्त्री र कास्टिला–ला मान्चाका अध्यक्षसँग निरन्तर सम्पर्कमा छु,’सान्चेजले एक्समा भने, ‘आपतकालीन सेवाहरू र उनीहरूको सुरक्षा सुनिश्चित गर्न, सबै सम्बन्धित प्रशासनहरूसँग समन्वय गर्न आग्रह गर्छु।’

दुर्घटनाबारे थप विवरण आउन बाँकि छ। बिबिसी

प्रकाशित: ११ कार्तिक २०८३ १५:४५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App