आइफोन स्लो गरेपछि एप्पलले माग्यो माफी
पुरानो भर्सनको आइफोन प्रोसेसर स्लो बनाएको भन्दै आलोचना खेपिरहेको एप्पल कम्पनीले माफी मागेको छ।
पुरानो भर्सनको आइफोन प्रोसेसर स्लो बनाएको भन्दै आलोचना खेपिरहेको एप्पल कम्पनीले माफी मागेको छ।
बढ्दो बालबलिका तथा चेलिवेटी बेचबिखन न्यूनिकरण गर्न बेचबिखनमा संलग्न दलालको अनुहार पहिचान गर्ने एप्स सुरुवात गरिएको छ ।
नेपाल टेलिकमले जाडो मौसमका लागि विभिन्न प्रकारको ‘विन्टर अफर’ ल्याएको छ। कम्पनीले शुक्रबारदेखि लागू हुनेगरी विभिन्न प्रकारका डाटा प्याक र बोनसकारुपमा डाटा स्ट्रिमिङ प्याकसमेत उपलब्ध गराइएको टेलिकमले जनाएको छ। डाटा स्ट्रिमिङ प्याक युट्युब र वाउटाइम एप्समार्फत टिभी हेर्नका लागि प्रयोग गर्न सकिनेछ।
गत महिना ट्विटरले एक सय ४० ‘क्यारेक्टर’ सीमालाई हटाएर दोब्बर बनायो । सुरुमा केही सीमित प्रयोगकर्ताबाट परीक्षणका रूपमा सुरु गरेको दुई सय ८० ‘क्यारेक्टर’को ट्विट सीमा नोभेम्बरको पहिलो सातादेखि सबैले प्रयोग गर्न पाए ।
स्मार्टफोन हाम्रो जीवनको अभिन्न अंग भइसकेको छ । हामीले स्मार्टफोन प्रयोगबारे केही त्यस्ता बानी विकास गरेका छौँ, जसको खास अर्थ छैन । र, त्यसले केही फाइदा पनि गर्दैन ।
अमेरिकाको सान फ्रान्सिस्कोमा केन्द्रिय कार्यालय रहेको फेसबुक कम्पनीले बेलायतको राजधानी लन्डनमा आफ्नो शाखा कार्यालय सोमबार खुलेको छ। लन्डन शाखामा फेसबुकले विभिन्न पदमा गरी ८०० कर्मचारीहरुको माग गरेको छ। उक्त संख्यामा विशेष गरी इन्जिनियरको माग बढी गरिएको छ।
सरकारले प्रदेश नम्बर ५ अन्तर्गत २ जिल्लाका स्थानीय तहहरूमा निशुल्क इन्टरनेट सुविधा सञ्चालन गर्ने भएको छ । यो कामका लागि ठेक्का प्रक्रियामा समेत टुंगिसकेको सरकारका प्रवक्ता मोहनबहादुर बस्नेतले जानकारी दिए ।
नेपालका लागि एप्पलको आधिकारिक बिक्रेता कम्पनी नेक्स्ट कम्युनिकेशनले आजबाट नेपाली बजारमा एप्पलको आइफोन १० सार्वजनिक गर्ने बताएको छ ।
पहिलो रोबोर्ट नागरिक सोफियाले आमा बन्ने चाहना व्यक्त गरेकी छन् । उनको कुनै पनि देशको नागरिक बन्ने चाहनालाई गत महिना साउदी अरेबियाले पूरा गरेको थियो । आधिकारिक रुपमै साउदी अरेबियाको नागरिक बनेकी उनलाई बच्चा पैदा गरी आमा बन्ने चाहना जागेको छ ।
स्मार्टफोन निर्माता कम्पनी सामसुङले ग्यालेक्सी एस सिरिजको नयाँ मोडल एस नाइन र एस नाइन प्लसको सार्वजनिक गर्ने तयारी गरेको छ ।
नेपाली वैज्ञानिकले ब्रम्हाणमा आकाशगंगाको जुम्ल्याहा तारापुञ्ज पत्ता लगाएका छन् । दक्षिण कोरियाको सोलस्थित होन्से विश्वविद्यालका वैज्ञानिक डा. सञ्जय पौडेलले १८ करोड प्रकाश वर्ष टाढा आकाशगंगाको जुम्ल्याहा तारापुञ्ज भेटेका हुन् । पृथ्वीबाट उत्तरी आकाशमा देखिने अश्लेषा नक्षत्रको दिशामा तारापुञ्जहरूको खोजले अहिले खगोलशास्त्रीबीच छलफल सुरु भएको छ ।
एप्पलको आइफोन तथा एप्पलका उत्पादनहरुको एकमात्र बितरक जेननेक्स्टले आइफोन ८ तथा आइफोन ८ प्लस शुक्रबारदेखि नेपाली बजारमा सार्वजनिक गर्ने भएको छ ।
नेपाल टेलिकमले ग्राहकलाई समय समयमा उपलब्ध गराएका विभिन्न प्रवद्र्धनात्मक अफरलाई थप तीन महिना निरन्तरता दिएको छ । उपभोक्ताले अत्यधिक रुचाएकाले यी अफरलाई निरन्तरता दिइएको टेलिकमले जनाएको छ । कम्पनीको प्रवद्र्धनात्मक अफर अन्तर्गत उपलब्ध गराइएको यो अफर माघ २४ गतेसम्म कायम रहनेछ ।
नेपाल टेलिकमले भूकम्प प्रभावित जिल्लाका ५५ स्थानमा निःशुल्क इन्टरनेट सेवा सञ्चालनमा ल्याएको छ । वाइम्याक्स, इभिडिओ तथा थ्रिजी प्रविधिमार्फत उक्त सेवा सञ्चालनमा ल्याएको टेलिकमले जनाएको छ । सेवाग्राहीले ती स्थानमा कम्तीमा ५१२ केबिपिएस गतिको अनलिमिटेड इन्टरनेट सेवा दुई वर्षसम्म निःशुल्क चलाउन पाउने छन् ।
अन्तिम तयारी भइसकेको नेपाल–चीन जोड्ने स्थल केबुल मार्ग (इन्टरनेट) को व्यवसायिक सञ्चालन गर्न नेपाल टेलिकमले चाइना टेलिकम ग्लोबल (सिटिजी) लाई आग्रह गरेको छ। गत हप्ता सिटिजीलाई पत्राचार गर्दै सबै तयारी पूरा भएकाले व्यवसायिक सुरुवात गर्न स्वीकृति माग्दै टेलिकमले पत्राचार गरेको हो ।
अनलाइन सपिङ कम्पनी अमेजनका सीइओ जेफ बेजोस विश्वका सबैभन्दा धनी व्यक्ति बनेका छन्। यसअघि माइक्रोसफ्ट कम्पनी संस्थापक बिल गेट्सलाई पछि पार्दै उनी ९०.६ अर्ब डलरसहित उनी विश्वकै धनी व्यक्ति बनेका हुन्।
निजी क्षेत्रबाट सञ्चालित दूरसञ्चार सेवा प्रदायक स्मार्ट टेलिकमले आइतबारदेखि चौथो पुस्ताको मोबाइल इन्टरनेट (फोरजी¬) सञ्चालनमा ल्याउने घोषणा गरेको छ । शनिबार राजधानीमा पत्रकार सम्मेलन गरी हालसम्म कै उच्चगतिको फोरजी सेवा सञ्चालन गर्न लागेको जानकारी गराइयो।
कक्षाकोठामा स्मार्टफोन चलाउन दिँदा विद्यार्थीको एकाग्रता र शैक्षिक क्षमतामा असर पर्ने देखिएको छ । हालै दक्षिण अफ्रिकामा गरिएको एक अध्ययनले कक्षा कोठामा स्मार्टफोन चलाउन दिँदा विद्यार्थीमा नकारात्मक असर पर्ने देखाएको हो।
फेसबुकले लाइक तथा सेयरको मात्राका आधारमा शुल्क लाग्ने नयाँ नियम ल्याउने तयारी गरेको छ। उक्त नियम अनुसार थोरै मात्र बजार विस्तार गरेका सञ्चार क्षेत्रलाई प्रभाव पार्ने देखिन्छ।
नेपाल टेलिकमले महत्वपूर्ण चाड तिहारको अवसरमा विभिन्न सेवामा छुट दिने भएको छ। टेलिकमले जिएसएम र सिडिएमए प्रिपेड मोबाइल रिचार्ज गर्दा १० प्रतिशत बोनस उपलब्ध गराउने जनाएको छ। सो योजना बुधबारदेखि आगामी शुक्रबारसम्म उपलब्ध हुने टेलिकम प्रवक्ता प्रतिभा वैद्यले जानकारी दिए।
नेपाल टेलिकमले दसैंको अवसरमा विभिन्न छुट र अफर ल्याएको छ । विगतमा दसैं तिहारमा दिँदै आएको सुविधालाई यसपालि पनि निरन्तरता दिँदै थप केही अफर ल्याएको कम्पनीले जनाएको छ ।
गीत सिक्न होस् या रियाज गर्न, अब संगीत पाठशाला पुग्नुपर्दैन । हातहातमा भएको स्मार्टफोन नै सबै चीजको ‘गुरु’ बनेको छ । गीत गाउन सिकाउने विभिन्न एप्सको प्रयोग अहिले विश्वव्यापी रूपमा बढ्दो देखिन्छ ।
बिहीबारदेखि काठमाडौं भृकुटीमण्डपमा सूचना तथा सञ्चार प्रविधि सम्बन्धी मेला ‘क्यान कमटेक २०१७’ सुरु भएको छ । कम्प्युटर एसोसिएसन नेपाल (क्यान) महासंघले आयोजना गरेको प्रदर्शनी असोज १ गतेसम्म चल्नेछ । सूचना, सञ्चार तथा प्रविधि क्षेत्रको व्यवसायिक विकास र प्रवद्र्धन गर्ने उद्देश्यले हरेक वर्षजस्तै यसपालि पनि क्यान कमटेक हुन लागेको हो ।
विश्वकै प्रख्यात ब्रान्ड एप्पलले एक भव्य समारोहको आयोजना गरी आइफोन ८ र ८ प्लस , एप्पल वाच र फोरके एप्पल टिभी सार्वजनिक गरेको छ।