coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
प्रविधि

जुम्लामा टेलिफोनबाटै विशेषज्ञ सेवा

 कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले अस्पतालमा हुने भीडभाड कम गर्न टेलिफोनबाटै बहिरङ्ग  विशेषज्ञ सेवा शुरु गरेको छ। कोरोना भाइरसको संक्रमण बढ्दै गएकाले उपचार सहज बनाउन टेलिफोन विशेषज्ञ सेवा शुरु गरिएको हो।

अस्पतालमा आउनु नपर्ने र नसक्ने बिरामीका लागि सो सेवाको शुरुआत गरिएको प्रतिष्ठानका रजिष्ट्रार विश्वराज काफ्लेले बताए। अस्पतालमा आकस्मिक, बहिरङ्ग  र शल्यक्रिया सेवा उपलब्ध छ। प्रतिष्ठानका कार्यरत कर्मचारी, बिरामी र समुदायको सुरक्षाका लागिसमेत सो सेवा प्रभावकारी हुने उनको भनाइ छ। हाडजोर्नी तथा नशारोग विशेषज्ञ डा पूजनकुमार रोकायाले बिहान ८ देखि १० बजेसम्म मोबाइल फोनबाट बिरामीलाई सेवा दिइने जानकारी दिए।

प्रतिष्ठानका अनुसार मेडिसन विशेषज्ञ डा धीरज गुरुङ  बिहान ११ देखि ४ बजेसम्म, बालरोग विशेषज्ञ डा  निराजना कासे् बिहान १० देखि १२ बजेसम्म र  स्त्री तथा प्रसूति रोगविशेषज्ञ डा राजीव साहले बिहान १० देखि १२ बजेसम्म सेवा दिनेछन्। शल्यक्रिया विशेषज्ञ डा सूर्यमान लिम्बू र इमेरजेन्सी हटलाइनका लागि डा सिद्धार्थध्वज खातीले भने २४ सै घण्टा सेवा दिने अस्पतालले जनाएको छ।

प्रकाशित: ९ जेष्ठ २०७७ ०३:१५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App