coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
प्रविधि

विदेशमा रहेकाहरूको अवस्था जान्न एप

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले रेस्क्यु नेपाली एप र वेब एप  सार्वजनिक गरेको छ । संकटमा उद्धार गर्नु मातृभूमिको कर्तव्य भएको जनाउँदै कांग्रेस सभापति शेरबहादुर देउवाले बुधबार दिउँसो एप सार्वजनिक गरेका हुन् ।  

कांग्रेसको सूचना, सञ्चार तथा प्रचार विभागले निर्माण गरेको एप नेपालसहित इजरायल, बेल्जियम, संयुक्त अधिराज्य अमेरिका, हङकङ, दक्षिण कोरिया, स्विट्जरल्यान्ड, पोर्चुगल, इटाली, जर्मनी, स्पेन, डेनमार्क, नेदरल्यान्ड, जापान, अस्ट्रेलिया, कतार, मलेसिया, युएई, पोल्यान्ड, क्यानडा, मकाउ, साउदी अरब, बहराइन, कुबेत, नर्वे, न्युजिल्यान्ड, भारत, चीन, फिनल्यान्ड, आयरल्यान्ड, ओमान, फ्रान्स, साइप्रस, स्विडेन, लक्जेम्वर्ग, बंगलादेश, माल्दिभ्स, पाकिस्तान, चेक रिपब्लिक, इराक, रोमानिया र माल्टासहित ४३  देशबाट प्रयोग गर्न सक्नेछन् ।  

नेपालबाहिर विभिन्न देशमा अप्ठ्यारोमा परेका नेपालीको हालको स्थिति विवरण संकलन गर्न र अप्ठ्यारोमा परेर देश फर्कन चाहिरहेका नेपाली नागरिकको विश्वव्यापी रूपमा तथ्यांक संकलन गर्ने उद्देश्यले एप निर्माण गरिएको कांग्रेसले जनाएको छ । ‘संकलित तथ्यांक वर्गीकृत गरेर व्यक्तिको स्थितिको प्राथमिकताका आधारमा राहत व्यवस्थापन र उद्धार गर्न नेपाल सरकारलाई सघाउ र दबाब पु¥याउने हो,’ प्रवक्ता विश्वप्रकाश शर्माले भनेका छन्, ‘यो एपमा व्यक्ति स्वयंले अथवा निकटस्थ कसैले पनि विवरण भर्न सक्नुहुनेछ ।’

एपमार्फत व्यक्तिको पहिचान, सम्पर्क, राहतको अवस्था, नेपाल फर्कन चाहनुको कारणसहित सातवटा प्रश्न तयार गरिएका छन् । त्यसमार्फत विदेशमा रहेका नेपालीको स्थिति प्राथमिकता वर्गीकरण गरेर नेपाल सरकारसमक्ष रचनात्मक सुझाव र उद्धारको दबाबका साथ प्रस्तुत गर्ने कांग्रेसले जनाएको छ ।

प्रकाशित: ८ जेष्ठ २०७७ ०५:४५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App