८ वैशाख २०८१ शनिबार
प्रविधि

ट्वीटरले एक लाख ७० हजारभन्दा बढी खाताहरू बन्द गर्‍याे

ट्विटरले चीनको समर्थन गरेर कोरोना भाइरसबारे पोस्ट गर्ने एक लाख ७० हजार भन्दा बढी  खाताहरू (एकान्ट) बन्द गरेकाे छ । ती खाता जनवादी गणतन्त्र चीनसँग सम्बन्धित भएको उसकाे भनाइ छ । त्यस्तै, ट्विटरले रुसका बारेमा गलत सन्देश फैलाउने एक हजारभन्दा बढी खाताहरुसमेत बन्द गरेको छ ।

अत्यधिक सक्रिय रहेका २३ हजार सात ५० खाताहरू र विज्ञापन र प्रवर्धक गरिने एक लाखभन्दा बढी खाताहरु बन्द गरिएको कम्पनीले जनाएको छ ।  ती खाताबाट हङकङको राजनीतिक अवस्थाबारे गलत सन्देह प्रभाव गरिएको थियो ।

संस्थापक ज्याक डोर्सीले  भने,  ‘जब कि यो नेटवर्क नयाँ छ, हामीले गतिविधि पहिचान गर्न प्रयोग गर्ने प्राविधिक लिंकहरू सुरुमा पहिचान गर्यौं र आफ्नो ब्लगबाट खुलासा गर्यौं ।’  बिबिसी

प्रकाशित: ३० जेष्ठ २०७७ ०७:४१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App