१९ श्रावण २०८३ मंगलबार
image/svg+xml
समाज

कप्तानगञ्जका १५ बढी घरमा आगजनी र तोडफोड

फाइल तस्बिर

सुनसरीको देवानगन्ज गाउँपालिका वडा नं. ३ कप्तानगञ्जमा मंगलबार साँझ फेरि दुवै पक्ष झडपमा उत्रदा १५ भन्दा बढी घरमा आगजनी तथा तोडफोड गरेका छन्। 

करिब अढाई घण्टासम्म दुई पक्षबिच भएको झडपमा एकअर्को पक्षले घरमा आगजनी र तोडफोड गरेका हुन्।

घटनास्थलमा रहेका इलाका प्रहरी कार्यालय इटहरीका डीएसपी सुवास हमालले अहिले दुवै पक्ष एक अर्काको घर आगजनी र तोडफोड गरेको बताए। उनका अनुसार अहिले स्थिति नियन्त्रणमा आएको छ। देवानगन्ज क्षेत्रमा सुरक्षा व्यवस्था कडा बनाइएको छ ।

झडपका क्रममा रड, भाला, खुँडा, तरबार लगायतका घरेलु हतियार प्रयोग भएको प्रहरीले जानकारी दिएको छ। 

प्रकाशित: १२ श्रावण २०८३ २२:२५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App