६ वैशाख २०८१ बिहीबार
प्रविधि

ट्विटरलाई उछिन्दै इन्स्टाग्राम, यस्ताे छ अध्ययन

समाचार स्रोतका रूपमा सामाजिक सञ्जाल ट्विटरभन्दा इन्स्टाग्राम अगाडि हुन लागेको एक अध्ययनले देखाएको छ।

रोयटर्स इन्स्टिच्युट डिजिटल न्युज रिपोर्ट सन् २०२० ले सन् २०१८ यता समाचारका लागि इन्स्टाग्राम प्रयोग गर्ने मानिस दोब्बरले बढेको देखाएको हो।

अध्ययनअनुसार बेलायतका १८–२४ वर्षका झन्डै एकचौथाइ व्यक्तिले कोरोना भाइरसबारे सूचना प्राप्त गर्न इन्स्टाग्राम प्रयोग गर्ने गरेकाे पाइएको छ। साथै सामाजिक सञ्जाललाई सबैभन्दा कम विश्वसनीय समाचार स्रोत मान्ने गरिएको पनि अध्ययनले देखाएको छ।  

सर्वेक्षेणमा सहभागी २६ प्रतिशत व्यक्तिले मात्रै सामाजिक सञ्जालमा प्रकाशित कोरोनासम्बन्धी समाचारमा विश्वास लागेको बताएका छन्। फेसबुक म्यासेन्जर र अरू च्याटका लागि प्रयोग हुने एपको अवस्था पनि यस्तै पाइएको छ।  

सरकार र समाचार संस्था दुवैलाई प्रयोगकर्ताले बराबर अर्थात् ५९ प्रतिशत विश्वास गरेको पाइएको छ।  

सर्वेक्षणमा सहभागीमध्ये एकतिहाइ भन्दा धेरै व्यक्ति इन्स्टाग्रामको प्रयोगकर्ता छन् भने तीमध्ये दुईतिहाइको उमेर २५ वर्षभन्दा कम छ।  

यस्तै ११ प्रतिशतले इन्स्टाग्रामलाई समाचारका लागि प्रयोग  गर्छन्, जुन ट्विटरभन्दा १ अंकले मात्रै कम हो।

अनुसन्धानका प्रमुख लेखक निक न्युमेनका अनुसार इन्स्टाग्राम कम उमेरका व्यक्तिबीच अझ बढी लोकप्रिय बनिरहेको छ। उनी भन्छन्, ‘साधारण ढंगले र राम्रा तस्बिर प्रयोग गरी प्रस्तुत गरिएका सामग्रीमा उनीहरूले एकदमै राम्रो प्रतिक्रिया जनाएका छन्।’

इन्स्टाग्रामको स्वामित्व सामाजिक सञ्जाल कम्पनी फेसबुकसँग छ। व्हाट्स एपको स्वामित्व पनि फेसबुकसँगै छ।

४० वटा देशमा गरिएको सर्वेक्षणका क्रममा समाचार र समाचार संस्थाको विश्वशनियताबारे पनि अध्ययन गरिएको थियो। जम्मा ३८ प्रतिशतले मात्रै अधिकांश अवस्थामा आफूहरूले समाचारमा विश्वास गर्ने बताएका छन्।

अध्ययनमा सहभागी भएका आधाभन्दा कम अर्थात् ४६ प्रतिशतले आफूले रूचाएको समाचारको स्रोतप्रति विश्वास गर्ने  बताएका छन्।

कोभिड–१९ महामारीपछि समाचार संस्थाहरूको विश्वशनियता बढेर ५९ प्रतिशतमा पुगेको हो। अनुसन्धानमा संलग्न लेखकले सञ्चारमाध्यमले जनस्वास्थ्यसम्बन्धी सुझावलाई बढी प्रथमिकता दिएकाले यसो भएको विश्वास गरेका छन्।

रोयटर्सको अध्ययनले समाचार स्रोततका रूपमा इन्स्टाग्रामको उल्लेख्य विस्तार हुनुले फेसबुकले उक्त सञ्जाल खरिद गर्ने निर्णय इतिहासकै सबैभन्दा लाभकारीमध्ये एउटा भएको  देखाएको छ।

अनुसन्धानकर्ताले गरेको भविष्यवाणीजस्तै अर्को वर्ष इन्स्टाग्रामले ट्विटरलाई उछिन्यो भने त्यसबेला पत्रकारमाझ लोकप्रिय ट्विटरले सार्वजनिक मतलाई कम प्रतिनिधित्व गर्ने देखिन्छ।  बिबिसी

प्रकाशित: ६ असार २०७७ ०८:१७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App