८ पुस २०८१ सोमबार
image/svg+xml

छिनछिनमा हुने लोडसेडिङ अध्ययनका लागि समिति गठन गर्न आदेश

वीरेन्द्रनगर–४ की २१ वर्षीया आज्ञा भट्टले पूर्व सुचनाविनै छिनछिनमा बत्ती जाँदा अनलाइन कक्षामा सहभागी हुन नपाएको, पढाई छुटेको तथा विद्युत अनियमति हुँदा आम नागरिकहरुले दुःख पाएको भन्दै विद्युत प्राधिकरणविरुद्ध परमादेश माग गर्दै मुद्दा दायर गरेकी थिइन्।

दोधारा चाँदनी सुक्खा बन्दरगाहको वातावरणीय प्रभाव मूल्यांकन सुरु

दोधारा चाँदनी सुक्खा बन्दरगाह/एकीकृत जाँचचौकीको वातावरणीय प्रभाव मूल्यांकन अध्ययन सुरु भएको छ। सुदूरपश्चिम प्रदेशको मुहार फेर्ने आशा गरिएको दोधारा–चाँदनी सुक्खा बन्दरगाह तथा एकीकृत जाँच चौकीको गुरुयोजना अनुसार वातावरणीय प्रभाव मूल्यांकन गर्न लागिएको हो।

हिल्सा पुग्यो सीमा अनुगमन टोली

नेपाल–चीन सीमा अध्ययन गर्न गृह मन्त्रालयको टोली लिमी लाप्चा क्षेत्रमा रहेका सीमास्तम्भको अध्ययन गरेर हिल्सा पुगेको छ।

जलवायु परिवर्तनसम्बन्धी पेरिस सम्झौता: ‘कार्यान्वयन अत्यन्त कमजोर’

अध्ययनमा युरोपियन युनियनसहित विश्वका ३६ प्रमुख राष्ट्र समेटिएकोमा तापमान वृद्धिलाई एक दशमलव पाँच प्रतिशतमा मात्र सीमित पार्ने दिशामा गाम्बियाले मात्र काम गरेको पाइएको छ। कार्बन उत्सर्जनमा यी राष्ट्रको योगदान ८० प्रतिशतभन्दा बढी छ।

कालीगण्डकीबारे अध्ययन गर्दै गण्डकी प्रदेश

कालीगण्डकीको उपयोग तरिका र अहिलेसम्मको अवस्था अध्ययन गर्नका लागि गण्डकी प्रदेश सरकारले हालै कार्यदल बनाएको छ । कार्यदललाई तीनमहिना समय दिइएको छ । कालीगण्डकी नदीको बहुउपयोगीता र सम्भाव्यताबारे अध्ययन गर्नका लागि बनेको यो कार्यदलले कालीगण्डकीबाट गण्डकी प्रदेशले कसरी फाइदा लिन सक्छ भनेर अध्ययन गर्नेछ ।

सम्बन्धनमा चलखेल भएको भन्दै कलेज सञ्चालक विरोधमा

भक्तपुरको न्यात्पोल कलेज, आविस्कार नेसनल कलेज, नेपाल कलेज, नेपालगञ्ज एकेडमी अफ म्यानेजमेन्ट एन्ड आइटी, वेदान्त कलेज, भादगाउँ कलेज, भक्तपुर कलेज अफ टेक्नोलोजी, एकता कलेज, श्रीराम कलेजलगायत विरोधमा उत्रेका छन्।

भक्तपुरका महिलालाई साबुन बनाउने तालिम

अध्ययन केन्द्रले भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं. ५ कटुञ्जेका महिलाहरुलाई साबुन बनाउने तालिम दिएको हो।

सिकाइ उपलब्धि ५० प्रतिशत पनि पुगेन : सरकारी अध्ययन

कक्षा १० का अधिकांश विद्यार्थीले पाठ्यक्रम विकास केन्द्रले तय गरेको पाठ्यक्रमको ५० प्रतिशतभन्दा न्यून विषयवस्तुमा दक्षता हासिल गरेको एक अध्ययनले देखाएको छ। शिक्षा, विज्ञान तथा प्राविधि मन्त्रालयअन्तर्गत शैक्षिक गुणस्तर परीक्षण केन्द्रले तीन वर्ष लगाएर गरेको विद्यार्थीको उपलब्धिको राष्ट्रिय परीक्षणको नतिजा शुक्रबार सार्वजनिक गरेको हो।

खोटाङमा फरेष्ट्री र सिभिल इन्जिनियरिङ अध्ययन गर्ने अवसर

खोटाङको महुरेगढी प्राविधिक शिक्षालयले डिप्लोमा इन फरेष्ट्री र डिप्लोमा इन सिभिल इन्जिनियरिङको भर्ना खुलाएको छ।

६ हजार रोपनी सरकारी जग्गा अतिक्रमण

गाई आनुवंशिक स्रोत केन्द्रका नाममा जग्गाधनी प्रमाणपुर्जा भएको १ हजार ५ सय ४६ दशमलब ३२ रोपनी जग्गा मात्र अतिक्रमित नदेखिएको सतर्कता केन्द्रले जनाएको छ । तर आनुवंशिक स्रोत केन्द्रको नाममा नापनक्सा भएको तर जग्गाधनी प्रमाणपत्र पाउन बाँकी रहेको ५ हजार १ सय २८ दशमलब ८६ रोपनी जग्गा पूरै अतिक्रमण गरिएकोे प्रतिवेदनमा उल्लेख छ।

‘न्यायपालिका विवादको कारण न्यायाधीश नियुक्ति प्रक्रिया’

न्यायपालिकाको श्रीवृद्धिका लागि सही कुरा जहिले पनि स्वीकार्छु। बस्छु भनेका न्यायाधीशलाई राखिएन, बस्दिन भनेकालाई राखियो भन्ने टिप्पणी पनि आए। तर, न्यायपालिकाले कसैको दबाबमा आएर काम गरेको छैन।

माहाकाली घटना: स्थलगत अध्ययन गर्न टोली भारतीय बाटो हुँदै गस्कु प्रस्थान

मन्त्रालयका सहसचिव एवं छानबिन समितिका संयोजक जनार्दन गौतम नेतृत्वको टोली आज बिहान भारतीय बाटो हुँदै स्थलगत अध्ययनको लागि गएको हो।

काठमाडौं–रक्सौल रेलमार्ग अध्ययनः मन्त्री नियुक्तिपछि समझदारी

सरकार फेरिएसँगै काठमाडौं–रक्सौल रेलमार्गको विस्तृत सम्भाव्यता अध्ययन गर्ने समझदारीपत्रमा हस्ताक्षर रोकिएको छ। प्रधानमन्त्री शेरबहादुर देउवाले समयमै भौतिक पूर्वाधार तथा यातायातमन्त्री नियुक्त गर्न नसक्दा समझदारीपत्रमा हस्ताक्षर पछि धकेलिएको हो।

मेलम्चीको भौगर्भिक अध्ययनका लागि टोली खटाइयो

मेलम्ची क्षेत्रको भौगर्भिक अध्ययनका लागि सरकारले टोली खटाउने भएको छ। पछिल्लो समय मुलुकभर परेको अविरल वर्षासँगै मेलम्ची क्षेत्रमा सुख्खा पहिरो जाने, लेदो बग्ने खतरा बढेपछि सरकारले उक्त क्षेत्रको भौगर्भिक अध्ययनका लागि टोली खटाएको हो।

विवादबीच कालिगण्डकी–तिनाउ डाइभर्सन बहुउद्देश्यीय आयोजनाको कार्यालय स्थापना

परियोजनालाई व्यवस्थित रुपमा अगाडि बढाएर मूर्तरुप दिन कार्यालय स्थापना गरीएको भन्दै उनले आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) र वातावरणीय प्रभाव मुल्याङ्कन (इआइए) को काम छिट्टै सुरु हुने बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्