२० आश्विन २०८१ आइतबार
image/svg+xml

फैलिँदै डढेलो, मासिँदै वन

सुदूरपश्चिम प्रदेशमा डढेलोले ३० प्रतिशत वनक्षेत्र सखाप पारेको आँकलन प्रदेश वन निर्देशनालयको छ । लामो खडेरी, त्यसमाथि हावाहुरी चल्दा राष्ट्रिय तथा सामुदायिक वन डढेलोको चपेटामा परेका छन्।

वायु प्रदूषणका कारण आँखाका बिरामी बढ्दै

दुई हप्तादेखि मकवानपुरको हेटौँडा आसपास क्षेत्रमा लागेको डढेलो र वायु प्रदूषणका कारणले जिल्लामा आँखाका बिरामीको सङ्ख्या दिन प्रतिदिन बढ्दै गएको छ।

डाँडैभरि डढेलो !

खुला आकाशले कोशौ टाढा देखिने डाँडा अहिले धुवाँले ढाकिएका छन् । नजिकैका डाँडा प्रष्ट देखिँदैनन् । कारण हो डाँडैभरि डढेलो सल्कँदा आएको धुवाँले यस्तो देखिएको हो ।

देशव्यापी प्रदूषणले सास फेर्नै गाह्रो

नेपालका ६० जिल्लामा लागेको डढेलो र अन्य कारणले राजधानी काठमाडौंमा मात्र होइन, कर्णालीको मुगुमा समेत प्रदूषण उच्च तहमा पुगेको छ। वातावरण विभागको तथ्यांकअनुसार रारा तालनजिकै राखिएको प्रदूषण मापन स्टेसनले गत २४ घण्टाको सरदर एक्युआई २१० पुगेको देखाएको छ। एक्युआई २०० देखि ३०० सम्म रहेको अवश्थालाई जनस्वास्थ्यमा पर्ने प्रभावका हिसाबले ‘अत्यन्त अस्वस्थकर’ मानिन्छ।

शहिदभूमी गाउँपालिकामा डढेलोले दुई घर जलेर नष्ट

धनकुटाको शहिदभूमी गाउँपालिका वडा नं १ मा डढेलोको कारण आज दुईवटा घर जलेर नष्ट भएको छ।

हरियो घाँसको लोभमा जथाभावी डढेलो

पाखो जंगलमा लागेको डढेलो गोठ नजिकै पुग्दै थियो। गोठमा रहेका दाउरा जल्न नदिन रुकुम पश्चिम बाँफिकोट गाउँपालिका–१० की ४५ वर्षीया सर्केनी दमाई डढेलो नियन्त्रण गर्न जान्छिन् तर विडम्बना डढेलोले दाउरा मात्र होइन सर्केनीलाई समेत जलायो। यहाँ डढेलो यो वर्ष मात्र होइन, प्रत्येक वर्ष नयाँ घाँस पलाउने आसमा डढेलो लगाउने गरिन्छ।

उदयपुरका वनमा निरन्तर डढेलोः करोडौंको काठ र लाखौं विरुवा नष्ट

गएको दुई सातायता उदयपुरका दर्जनौं सामुदायिक वन समूह र सरकारी वनक्षेत्रमा लागेको डढेलोले करोडौं मूल्यबराबरको काठ तथा लाखौं बोट विरुवा डढेर नष्ट भएको छ । सुरुमा सदरमुकाम आसपासका जंगलमा सामान्य देखा परेको डढेलो पछिल्लो सातादिनयता चारैतिर फैलिएर जिल्लाका झण्डै २ सय सामुदायिक वन समूह र सरकारी वनक्षेत्रमा विनाश बढेको हो ।

डढेलो, प्रदूषण र भुइँ मान्छेका सरकार

राजनीतिको नाममा हुने व्यापारीकरण, लोकतन्त्र र समाजवादको आवरणमा देखिने एउटा नाङ्गो सत्य हो। यो बाटो नबदलिएसम्म देशको वातावरण पर्यावरण र राजनीति कहिल्यै संग्लिदैन।

एक दर्जन सामुदायिक वनमा डढेलो, गाउँ बस्ती उच्च जोखिममा

डोटी जिल्लाका कम्तीमा पनि एक दर्जन सामुदायिक वनमा लागेको डढेलो अझै निभाउन सकिएको छैन। सामुदायिक वनमा एक हप्तादेखि लागेको डढेलो निभाउन नसकिँदा यहाँका गाउँ उच्च जोखिममा पर्नुका साथै ती वनमा नयाँ पलाउन लागेका बिरुवा तथा पालुवा जलेर खरानी भएका छन्।

डढेलोको जोखिम

एकातिर डढेलोले जनस्वास्थ्य क्षेत्रमा संकट ल्याएको छ भने अर्कोतिर मानवीय र धनजनको क्षति पनि उत्तिकै गराएको छ। त्यसका साथै कतिपय मानवबस्ती जोखिममा परेका छन्। केही स्थानका वनजंगलमा लागेको डढेलो नियन्त्रण बाहिर गएका कारण पनि त्यस आसपासका मानवबस्ती जोखिममा परेका हुन्।

डढेलोको सन्त्रास

पछिल्लो साता पाँचथरको कुम्मायक गाउँपालिकाको विभिन्न स्थानमा रहेको वनमा डढेलो लाग्दा स्थानीय बासिन्दा तथा सुरक्षा निकायलाई हैरान भयो। गाउँले र नेपाल प्रहरीले मात्रै डढेलो नियन्त्रणमा लिन नसक्ने अवस्था आएपछि सदरमुकाम फिदिमबाट शसस्त्र प्रहरी, दमकलसहितको टोली कुम्मायक गाउँपालिकाका विभिन्न ठाउँमा पुग्यो। एक पल्ट हैन पटक–पटक डढेलो नियन्त्रणका लागि परिचालित हुनुपर्ने अवस्था छ।

एकै दिन गोरखाका २० भन्दा बढी जंगलमा डढेलो

गोरखाका जंगलमा डढेलो लाग्ने क्रम केहीदिन यता निकै बढेको छ। बिहीबार र शुक्रबार राती गोरखाका २० भन्दा बढी जंगलमा आगो लागेको जानकारी प्राप्त भएको छ। बारपाक सुलिकोट ६ को ताकुकोट, वडा नं. २ को मान्द्रे नजिकैको जंगल, शहिदलखन २ मनकामना, पालुङटार ९ धुवाँकोट लगायत बिभिन्न ठाउँमा आगोलागेको जानकारी आएको डिभिजन वन कार्यालय गोरखाका सूचना अधिकारी महेश पौडेलले बताए।

डढेलोको कारण वायु प्रदूषण

धादिङ, चितवन, मकवानपुर लगायतका जिल्लाका वनमा केही दिनयता लागेको डढेलोले वायुमण्डल धुँवामय बनेको छ। डढेलोले एकातिर वन विनाश गरेको छ भने अर्कोतिर वातावरणलाई नै प्रदूषित गरेको छ। केही दिनयतादेखि लागेको डढेलोले धादिङ सदरमुकाम आसपास क्षेत्र बाक्लो तुवाँलोले ढाँकेको छ। त्यस्तै चितवन, मकवानपुर जिल्लाहरुको सबैजसो क्षेत्र अहिले धुँवामय भएको छ।

डढेलो गाउँ पस्दा दिनानुदिन क्षति

खोटाङमा जंगलमा लागेको डढेलो गाउँ पस्दा दिनानुदिन क्षति हुन थालेको छ। स्थानीय रक्तमाला सामुदायीक वनमा लागेको डढेलोले बराहपोखरी गाउँपालिका–१ बराहपोखरी दानसिंका शिवराज आले मगरको घर जलेको छ।

डढेलोको धुवाँले बिग्रियो काठमाडौंको मौसम

केही दिनदेखि वायुमण्डलमा देखिएको धुलो र धुवाँका साथै आज नेपाल तथा भारतका केही स्थानमा लागेको डढेलो र आगलागीको धुवाँले मौसम बिग्रिएको विभागले जानकारी दिएकाे छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्