२९ पुस २०८१ सोमबार
image/svg+xml

सुन चाँदीको मूल्य घट्यो

स्थानीय बजारमा पहेलो धातुको मूल्यमा सामान्य हेरफेर भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुनको मूल्य प्रतितोला पाँच सयले घटेको छ।

महिन्द्र पक्षका नेता नेसपाकाे पार्टी जिम्मेवारीबाट मुक्त

नेपाल समाजवादी पार्टी (नेसपा) ले नेकपा (माओवादी) सँग पार्टी एकीकरण गर्ने घोषणा गरेका महिन्द्र यादव पक्षधर नेताहरूलाई पार्टीको जिम्मेवारीबाट मुक्त गर्ने निर्णय गरेको छ।

विपक्षी बेन्चमा चम्किँदै कांग्रेस

विपक्षी बेन्चमा भएर पनि सत्तापक्षजस्तो देखिने गरेको आरोप लाग्दै आएको नेपाली कांग्रेस यसपटक संघीय संसद्मा आक्रामक रूपमा प्रस्तुत भएको छ।

पलेशा ओलम्पिक छनोट पार गर्ने तेस्रो खेलाडी

पारा तेक्वान्दोकी पलेशा गोवर्धन नेपालबाट छनोट चरण पार गरेर ओलम्पिक खेल्ने तेस्रो नेपाली खेलाडी बनेकी छन्।

एनआरएनएमा विवाद किन ?

भारतलगायत संसारका धेरैजसो अल्पविकसितर विकासोन्मुख मुलुकका सरकार स्वयंले आफ्नो डायस्पोरालाई मुलुक भित्र्याउन कोसिस गरेका थिए। त्यसैले ती मुलुकमा डायस्पोराले आफ्नै अलग संस्था बनाउन जरुरी थिएन।

नेसपाले माओवादी केन्द्रसँग एकताको पक्षमा उभिएका नेताहरुलाई जिम्मेवारी मुक्त गर्ने

नेपाल समाजवादी पार्टीले नेकपा (माओवादी केन्द्र) सँग एकताको पक्षमा उभिएका नेताहरुलाई पार्टीको जिम्मेवारीबाट मुक्त गर्ने भएको छ।

नेपाल टेलिकमका प्राविधिक अधिकृतविरुद्ध १ करोड ६१ लाखको भ्रष्टाचार मुद्दा

नेपाल टेलिकमका प्राविधिक अधिकृत (निर्माण तथा मर्मत) निर्मलप्रसाद सिटौलाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायरगरेको छ।

१७ औं अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला आगामी वैशाख २६ देखि

१७ औं अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला आगामी वैशाख २६ गतेदेखि काठमाडौँमा आयोजना हुने भएको छ।

बागमतीमा हाम्रो नेपाली पार्टीले गर्‍यो मुख्यमन्त्रीको दाबी

बागमती प्रदेशमा हाम्रो नेपाली पार्टी (लौरो) ले मुख्यमन्त्रीको दाबी गरेको छ।

उद्योगपति विनोद चौधरीलाई नेपाल प्रहरीले सोधपुछका लागि बोलाउने

नेपाल प्रहरीले उद्योगपति विनोद चौधरीलाई बाँसबारी छाला जुत्ता कारखानाको दस रोपनी जग्गा खरिदविक्री प्रकरणमा सोधपुछका लागि बोलाउने भएको छ।

गभर्नरसँग मिलेर काम गर्ने अर्थमन्त्रीको संकेत

अर्थमन्त्री र नेपाल राष्ट्र बैंकका गर्भनरबीच तालमेल नहुँदा मौद्रिक नीति लगायतका विषयमा खटपट हुने गरेकोमा अर्थमन्त्री वर्षमान पुनले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसँग मिलेर काम गर्ने संकेत गरेका छन्।

प्रधानमन्त्रीले आज पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्ने, यस्तो छ तयारी

गण्डकी प्रदेश र पोखरा महानगरपालिकाको संयुक्त आयोजनामा आज पोखरालाई पर्यटनको राजधानी घोषणा गर्न लागिएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्