२० वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

महिन्द्र पक्षका नेता नेसपाकाे पार्टी जिम्मेवारीबाट मुक्त

नेपाल समाजवादी पार्टी (नेसपा) को बाबुराम भट्टराइ पक्षले भट्टराइ पक्षलाई बाइपास गर्दै नेकपा (माओवादी) सँग पार्टी एकीकरण गर्ने घोषणा गरेका महिन्द्र यादव पक्षधर नेताहरूलाई पार्टीको जिम्मेवारीबाट मुक्त गर्ने निर्णय गरेको छ।  

भट्टराइ पक्षले आइतबार कार्यकारणी समितिको बैठक बोलाएको थियो। सो बैठकको दुई तिहाइ सदस्यबाट उक्त निर्णय भएको पार्टीका प्रवक्ता कृष्णप्रसाद शर्माले बताए। उनले भने,‘जुन जुन व्यक्ति पार्टीबाट बर्हिगमन भइ माओवादीसँग एकताको घोषणा गरेका छन।

ती सबै व्यक्ति जिम्मेवारीबाट मुक्त भएका छन।’ यता, महिन्द्र यादव पक्षका नेताहरूका आइतबारको बैठकलाई बहिस्कार गरेका छन्। अहिले दुबै पक्षले आफू आधिकारिक भएको दाबी गर्दै आएको छ।

प्रकाशित: ५ चैत्र २०८० ०८:०१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App