४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
राजनीति

नेसपाले माओवादी केन्द्रसँग एकताको पक्षमा उभिएका नेताहरुलाई जिम्मेवारी मुक्त गर्ने

नेपाल समाजवादी पार्टीले नेकपा (माओवादी केन्द्र) सँग एकताको पक्षमा उभिएका नेताहरुलाई पार्टीको जिम्मेवारीबाट मुक्त गर्ने भएको छ।

आइतवार पार्टी केन्द्रिय कार्यालयमा बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकमा माओवादी केन्द्रसँग एकताको पक्षमा उभिएका पार्टीका अध्यक्ष महिन्द्र राय यादव, सहअध्यक्ष गंगानारायण श्रेष्ठ र महासचिव रमेशप्रसाद यादवलाई पार्टीको जिम्मेवारीबाट मुक्त गर्ने विषयमा छलफल भएको हो।

नेसपाका प्रवक्ता कृष्ण शर्माले नेताहरुले पार्टीको विधि, पद्धति र संगठनात्मक पद्धतीलाई छलेर माओवादी पार्टीसँग एकता गर्ने निर्णय गरेको भन्दै जिम्मेवारीबाट मुक्त गर्न लागिएको बताए। उनले भोलि(सोमवार) बस्ने पार्टीको केन्द्रिय समितिको बैठकले आवश्यक निर्णय गर्ने बताए। केन्द्रिय कार्यकारिणी समिति बैठकले भने ति नेताहरुलाई जिम्मेवारीमुक्त गर्ने एजेण्डा भोलि बस्ने केन्द्रिय समितिको बैठकमा लैजानेगरी पारित गरेको उनले जानकारी दिए। 

त्यस्तै अग्रगामी राजनीतिक शक्तिहरुसँग एकता र ध्रुविकरणको प्रक्रिया भने जारी रहने उनले बताए। बैठकले पार्टीको महाधिवेशन गर्ने र संगठनलाई सुदृढ गर्ने विषयमा पनि छलफल गरेको उनले बताए।  

प्रकाशित: ४ चैत्र २०८० १९:११ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App