४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
अर्थ

सुनको मूल्य तोलामा १५ सयले बढ्यो

लगातार ओरालो लागेको सुनको मूल्य आज भने पुनःउकालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुन तोलामा  रु एक हजार पाँच सयले वृद्धि भएको छ।

बिहीबार प्रतितोला रु एक लाख ५५ हजार छ सयमा कारोबार भएको छापावाला सुन आजका लागि भने रु एक लाख ५७ हजार एक सय निर्धारण भएको छ।

यस्तै चाँदीको मूल्य आज तोलामा रु ३५ ले वृद्धि भएको छ। बिहीबार प्रतितोला रु एक हजार आठ सय ८० मा कारोबार भएको चाँदी आजका लागि भने रु एक हजार नौ सय १५ निर्धारण भएको छ।  

प्रकाशित: ४ आश्विन २०८१ ११:४५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App