२३ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

बागमतीमा हाम्रो नेपाली पार्टीले गर्‍यो मुख्यमन्त्रीको दाबी

बागमती प्रदेशमा हाम्रो नेपाली पार्टी (लौरो) ले मुख्यमन्त्रीको दाबी गरेको छ।

पार्टीको हिजो र आज बसेको बैठकले कुनै दल वा गठबन्धनको पक्ष वा विपक्षमा नलाग्ने निर्णय गर्दै देश र जनताको पक्षमा रहने प्रवक्ता ई रोहन कार्कीले बताए।

उनले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘लोकतान्त्रिक पद्धति र जनताको विश्वासलाई कायम राख्न बागमती प्रदेश सरकारको नेतृत्व गर्नका लागि हाम्रो नेपाली पार्टी तयार छ।’,

बागमतीमा ११० सांसद रहेका छन्। सरकार गठनको लागि ५६ प्रदेशसभा सदस्यको साथ चाहिन्छ। तर, यहाँ नयाँ गठबन्धनसँग एमालेका २७, माओवादी केन्द्रका २१ र नेकपा एसका ७ गरी ५५ जना मात्र छन्। सरकार बनाउन हानेपाकाे एक सिट अनिवार्य छ।

बागमती प्रदेशमा शालिकराम जम्मकट्टेल नेतृत्वको सरकार जोगाउन निर्णायक मानिएको हानेपालाई दुई मन्त्री अफर गरिएको कुरा बाहिरीएको थियो।  

प्रकाशित: ४ चैत्र २०८० १३:३० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App