१२ चैत्र २०८२ बिहीबार
image/svg+xml
अर्थ

सुन चाँदीको मूल्य घट्यो

स्थानीय बजारमा पहेलो धातुको मूल्यमा सामान्य हेरफेर भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुनको मूल्य प्रतितोला पाँच सयले घटेको छ।

आइतबार प्रतितोला एक लाख २५ हजार मूल्यमा कारोबार भएको छापावाला सुनको मूल्य आज प्रतितोला एक लाख २४ हजार पाँच सय कायम भएको छ।  

यस्तै, तेजाबी सुनको मूल्य आइतबार एक लाख २४ हजार चार सय कायम भएकोमा आज भने तोलामा पाँच सयले घटेर एक लाख २३ हजार नौ सय कायम भएको हो।  

यस्तै, चाँदीको मूल्य पनि सामान्य घटेको छ। आइतबार प्रतितोला एक हजार तीन सय १२ मा कारोबार भएको चाँदी आज भने प्रतितोलाएक हजार तीन सय तीन निर्धारण भएको छ।

प्रकाशित: ५ चैत्र २०८० ११:४४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App