९ जेष्ठ २०८१ बुधबार
image/svg+xml

म्यान्मारकी नेत्री सु कीलाई अब घरमै नजरबन्द राखिने

म्यान्मारकी प्रजातन्त्रवादी नेतृ आङ सान सु कीलाई घरमै नजरबन्द राखिने भएको छ

म्यान्मारमा सङ्कटकालको अवधि ६ महिना बढाइयो

म्यान्मारको राष्ट्रिय रक्षा तथा सुरक्षा परिषद्ले थप ६ महिनाका लागि सङ्कटकालको अवधि बढाइएको छ।

म्यानमारमा ‘साइबर दास’ मानवतस्करी

म्यान्मारमा ‘साइबर दास’ का रूपमा बन्धक बनाइएका नेपालीले स्वदेश फर्केर आएपछि नेपाल प्रहरीको मानव बेचविखन ब्युरोमा दिएको उजुरीअनुसार जान २ लाख र फर्कन ८ लाख खर्च भएको देखिन्छ।

विस्थापितहरूको शिविरमा भएको सैन्य आक्रमणमा २९ जनाको मृत्यु

उत्तरी म्यान्मारमा विस्थापितहरूको एक शिविरमा भएको सैन्य आक्रमणमा २९ जनाको मृत्यु भएको छ।

नेत्री सुचीलाई उपचार र खानाबाट वञ्चित गरिएको आरोप

म्यान्माको सैनिक सरकारले कारागारमा रहेकी प्रजातन्त्रवादी नेत्री आङ सान सुचीको जीवनलाई उपचार र खानाबाट वञ्चित गरेर खतरामा पारेको आरोप उनको पार्टी नेशनल लिग फर डेमोक्रेसी (एलडिसी) ले लगाएको छ।

म्यान्मारमा थप छ महिनाका लागि सङ्कटकाल अवधिको घोषणा

देशको सङ्कटकालीन अवस्थालाई थप छ महिना लम्ब्याउन राष्ट्रिय रक्षा तथा सुरक्षा परिषद्ले बुधबार सहमति जनाएको हो।

आङ सान सुकीमाथि छ ओटा नयाँ आरोप

म्यान्मारमा सेनाको 'कू' पछि अपदस्थ गरिएका नागरिक नेता आङ सान सुकीलाई सोमबार नयाँँ फौजदारी अभियोग लगाइएको उनका वकीलले जानकारी दिएका छन्।

म्यान्मारको जुन्ता सरकारद्वारा १ सय भन्दा बढी कलाकार पक्राउ

म्यान्मारको जुन्ता सरकारले यहाँको सैनिक विद्रोहको विरोध गरिरहेका १ सय २० जना भन्दा बढी कलाकारलाई नियन्त्रणमा लिएको छ। यहाँको सरकारले पछिल्लो समयमा सैनिक विद्रोहका विरुद्धमा विभिन्न कलाकारिता प्रस्तुत गरको भन्दै उनीहरुलाई पक्राउ गरेको बिहीबार बताइएको छ।

म्यान्मारसँगको अमेरिकी व्यापार सम्झौता स्थगित

संयुक्तराज्य अमेरिकाले सोमबार म्यान्मारमा लोकतान्त्रिक सरकार पुनर्वहाली नहुँदासम्म म्यान्मारसँगको व्यापार सम्झौता स्थगित गरेको छ। गत फेब्रुअरी १ मा म्यान्मारको सेनाले सत्ताविद्रोह गरी शासनसत्ता आफ्नो हातमा लिनुका साथै लोकतन्त्र पक्षधर प्रदर्शनकारीमाथि निर्ममतापूर्वक बल प्रयोग गरेको छ।

म्यान्मारमा छ सय भन्दा बढी प्रदर्शनकारी रिहा

म्यान्मारमा ‘कू’ विरोधी प्रदर्शनमा लागेका छ सय भन्दा बढी भन्दा बढी मानिसलाई बुधवार रिहा गरेको जेलका एक वरिष्ठ अधिकारीले एएफपी समाचार समितिलाई बताएका छन्।

म्यानमारमा सेनाले सत्ता सम्हालेदेखि बिहीबारसम्म ५४ को मृत्यु, राष्ट्रसंघद्वारा चासो व्यक्त

म्यान्मारमा प्रदर्शनको सबैभन्दा भयावह दिन पछि यी टिप्पणीहरू आएका हुन्। बुधबार प्रजातन्त्रको पुनः वहालीको माग गर्दै गरिएका जुलुसमा सुरक्षा बलले भीडमा गोली हानेको टेलिभिजन तथा सामाजिक सञ्जालमा आएका दृश्यहरूमा देखाइएको छ। संयुक्त राष्ट्र सङ्घका अधिकार प्रमुख मिशेल बाचलेटले सुरक्षा निकायहरूलाई शान्तिपूर्ण प्रदर्शनको क्रममा प्रदर्शनकारीहरुप्रति उनीहरुको क्रुर कारबाही रोक्न आग्रह गरेका हुन्।

म्यान्मारमा आन्दोलन चर्किदैँ, सेनाको गोली लागेर थप ६ जनाको मृत्यु

म्यान्मारको सबैभन्दा ठूलो शहर याङ्गुनमा बुधबार पनि प्रदर्शनहरु जारी छन्। सैनिकले सत्ता कब्जा गरेपछि आइतबार सबैभन्दा रक्तपातपूर्ण रहेको थियो।

नेतृ आङ सान सुकी एक महिनापछि देखापरिन्

म्यान्मारमा सेनाले अपदस्थ गरेकी बर्मेली नेतृ आङ सान सुकी करिब एक महिनापछि पहिलो देखिएकी छिन्। उनी सोमवार भिडिओ लिङ्कमार्फत राजधानीको एक अदालतमा उपस्थित भएको त्यहाँका सञ्चार माध्यमहरुले उल्लेख गरेका छन्।

म्यान्मारमा सेनाले चलाएको गोली लागेर तीन प्रदर्शनकारीकाे मृत्यु

आइतबार बिहान समेत ठूलो संख्यामा मानिसहरु सडकमा उत्रिएका थिए। सडकमा जतिसक्दो बढी मानिस उत्रिन अनलाइन मार्फत आम जनतालाई आह्वान गरिएको थियो। स्थानीय सञ्चार माध्यमका अनुसार दक्षिणी डावेई शहरमा आयोजित जुलुसमा सहभागीमाथि सेना र प्रहरीले गोली चलाउँदा तीन जनाको मृत्यु भएको र कम्तीमा २० जना घाइते भएका छन्।

नेपाल र म्यान्मारबीच पर्यटन तथा संस्कृतिसम्बन्धी समझदारी

म्यान्मारको राजधानी नेपिटस्थित प्रेसिडेन्सियल हाउसमा भएको वार्तापछि परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र म्यान्मा सरकारका अन्तरराष्ट्रिय सहयोगमन्त्री क्य तीनबीच ती दुई समझदारीपत्रमा हस्ताक्षर भई आदानप्रदान भएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्