२० आश्विन २०८१ आइतबार
image/svg+xml

डढेलोले बढायो वायु प्रदूषण

काठमाडौं उपत्यकामा शुक्रबार एकाएक बढेको वायु प्रदूषण शनिबार दिउँसो केही घटेको छ। शनिबार दिउँसो भैंसेपाटीमा रहेको वायु प्रदूषण मापक स्टेसनले वायुको गुणस्तर सूचकांक २ सय ९८ देखाएको छ। यसैगरी रत्नपार्कमा वायुको गुणस्तर सूचकांक १ सय ९८ रह्यो। यो सूचकांक शुक्रबार भैंसेपाटीमा ४ सय ४७ थियो भने रत्नपार्कमा २ सयको हाराहारीमा थियो।

डढेलोको कारण वायु प्रदूषण

धादिङ, चितवन, मकवानपुर लगायतका जिल्लाका वनमा केही दिनयता लागेको डढेलोले वायुमण्डल धुँवामय बनेको छ। डढेलोले एकातिर वन विनाश गरेको छ भने अर्कोतिर वातावरणलाई नै प्रदूषित गरेको छ। केही दिनयतादेखि लागेको डढेलोले धादिङ सदरमुकाम आसपास क्षेत्र बाक्लो तुवाँलोले ढाँकेको छ। त्यस्तै चितवन, मकवानपुर जिल्लाहरुको सबैजसो क्षेत्र अहिले धुँवामय भएको छ।

राजधानीमा एकाएक बढ्यो वायु प्रदूषण

वातावरण विभागको वेबसाइटमा साँझ पौने ६ बजे भैंसेपाटीको वायु गुणस्तर सूचकांक (अक्वा) चार सय सतचालीस रेकर्ड भएको उल्लेख छ। यो जनस्वास्थ्यका लागि अत्यधिक घातक स्तर हो। अमेरिकी राजदूतावासमा राखिएको वायु प्रदूषणमापक स्टेसनमा सोही समयमा यो अंक २९४ रेकर्ड भएको छ।

प्रदूषणबाट जोगिन के गर्ने ?

काठमाडौं उपत्यका सबैभन्दा बढी प्रदूषित हुनुको पहिलो कारण त यसको भौगोलिक बनावट हो। यो कचौराजस्तो छ, अन्यत्रभन्दा यहाँ हावाको आवागमन कम हुन्छ। त्यसकारण यहाँ प्रदूषण बढ्ने गर्छ। त्यस्तै, यहाँ चल्ने अधिकांश सवारीसाधन पुराना छन्, जसले धुँवा बढी फाल्ने हुँदा यहाँको वातावरणलाई प्रदूषित बनाउँछ।

हिउँदे वर्षा नहुँदा काठमाडौंमा प्रदूषण

हिउँदे वर्षा नहुँदा काठमाडौंलगायत देशभर प्रदूषण ह्वात्तै बढेको छ। वातावरण विभागका अनुसार सोमबार दिउँसो काठमाडौंको रत्नपार्कमा एयर क्वालिटी इन्डेक्स (वायु गुणस्तर सूचकांक) १ सय ६१ सम्म पुगेको छ।

प्रदूषण रोक्न वातावरण बचाउमा जोड

बढ्दो प्रदूषण नियन्त्रण गर्दै वातावरण स्वच्छ राख्न उदयपुरको कटारीस्थित ‘वातावरण बचाउका लागि हरित क्रान्ति (जिआरआई) नेपाल’ ले अभियान थालेको छ। जसको सुरुवात गर्दै जिआरआई नेपालले कटारी क्षेत्रका बिभिन्न शिक्षण संस्थामा फोहोर फाल्ने भाँडो (डस्टविन) वितरण गरेको छ।

प्रदूषणको प्रभाव

काठमाडौँ संसारको प्रदूषित सहरमध्ये पहिलो नम्बरमा मात्रै पुगेको छैन कि दोस्रो र तेस्रो प्रदूषित सहरको तुलनामा झण्डै दोब्बर बढी हाराहारीमा प्रदूषणको मात्रा पुगेको छ । यसले पनि विश्वका अन्य स्थानको तुलनामा काठमाडौँको वायु प्रदूषणको भयाबह अवस्था देखिन्छ ।

वातावरण विभागले भन्यो : बालबालिका र जेष्ठ नागरिक घर बाहिर ननिस्कनुस्

वातावरण विभागले मौसममा आएको वदलावसँगै काठमाडौं उत्यकामा वायु प्रदूषणको स्तर अत्याधिक बढेको जनाएको छ।

‘हिउँदमा बदली भए प्रदूषण निकै खतरनाक’

मौसमविद्हरू भन्छन्, ‘चिसोयाममा हावाको बहाव कम हुन्छ, त्यसकारण धुलोका मसिना कणहरू (२.५ पिएम) जमिनमै टाँसिएर बस्छन् तर गर्मीयाममा भने हावाको बहावसँगै त्यस्ता कणहरू उड्ने गर्छन्।’ चिसोयाममा प्रदूषणको जोखिम अत्यधिक बढ्ने वातावरण विभागका प्रवक्ता तथा वातावरणविद् इन्दुविक्रम जोशी बताउँछन्।

धुले सडकको धपेडी

वायु प्रदूषण हुनुमा प्रमुख कारणमध्येको एक हो, समयमै सडक मर्मत सम्भार नहुनु। काठमाडौंका सडक समयमै मर्मत सम्भार हुने हो भनेमात्र पनि वायु प्रदूषणमा धेरै कमी आउने थियो। त्यसमाथि सडकमा यात्रा गर्ने यात्रुदेखि स्थानीयले अत्यासलाग्दो अवस्थामा बस्नुपर्ने थिएन।

ध्वनी र धुँवा प्रदूषण गर्ने उद्योग स्थानान्तरणको माग

भक्तपुर नगरपालिका वडा नं. २ स्थित भक्तपुर औद्योगिक क्षेत्रभित्र अवस्थित ध्वनी र धुँवा प्रदूषण गर्ने उद्योगहरू स्थानान्तरण गर्न माग गरिएको छ।

वायु प्रदूषणबाट नेपालमा गत वर्ष ४२ हजारको मृत्यु

प्रतिवेदनका अनुसार विश्वमा वायु प्रदूषणका कारण बर्सेनि ६७ लाख मानिसको मृत्यु हुने गरेको छ । जसमध्ये दक्षिण एसियाको संख्या २१ लाख छ ।

यसपालि वैशाखसम्मै किन चिसो !

चीनको वुहान सहरमा गत मंसिरमा सुरु नोबल कोरोना भाइरस (कोभिड–१९) को संक्रमणले पुस अन्त्यतिर महामारीको रूप लिन थाल्यो।

भट्टाको प्रदूषणले बर्सेनि ६ सय जनाको मृत्यु

पुरानो प्रविधिको चिम्नी भट्टा, कमजोर गुणस्तरको कोइला, आधुनिक प्रविधिको अभावमा नेपालका इँटा उद्योगहरूले उत्सर्जन गर्ने प्रदूषणका कारण बर्सेनि ६ सय जनाको मृत्यु हुने गरेको एक अध्ययनले देखाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्