२० आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

वातावरण विभागले भन्यो : बालबालिका र जेष्ठ नागरिक घर बाहिर ननिस्कनुस्

मंगलबार देखिएको काठमाडौं। तस्बिर : मोनिका मल्ल

वातावरण विभागले मौसममा आएको वदलावसँगै काठमाडौं उत्यकामा वायु प्रदूषणको स्तर अत्याधिक बढेको जनाएको छ।

विभागले घरबाहिर निस्किँदा विशेष सावधानी अपनाउन आग्रह गरेको छ। बालबालिका, ज्येष्ठ नागरिक, दम खोकी जस्ता श्वासप्रश्वास र मुटुका विरामीलाई सकेसम्म घर बाहिर ननिस्किन भनेको छ। विहान र बेलुकाको समयम प्रदूषणा अझ धेरै भएको विभागको भनाई छ।

काठमाडौं उपत्यका बाहेक तराई क्षेत्रका शहरहरु नेपालगंज, विराटनगरमा पनि वायु प्रदूषणको मात्र उच्च भएको विभागले जनाएको छ। विभागले त्यस क्षेत्रका नागरिकलाई पनि विशेष सावधानी अपनाउन भनेको छ। फोहोर फाल्दा र आगो बाल्दासमेत प्रदूषण बढ्ने हुँदा त्यस नगर्न भनिएको छ।

 

प्रकाशित: २१ पुस २०७७ ११:५८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App