२० आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

प्रदूषण रोक्न वातावरण बचाउमा जोड

वातावरण बचाउ अभियानमा युवा विद्यार्थी । तस्बिरः महेश्वर

बढ्दो प्रदूषण नियन्त्रण गर्दै वातावरण स्वच्छ राख्न उदयपुरको कटारीस्थित ‘वातावरण बचाउका लागि हरित क्रान्ति (जिआरआई) नेपाल’ ले अभियान थालेको छ। जसको सुरुवात गर्दै जिआरआई नेपालले कटारी क्षेत्रका बिभिन्न शिक्षण संस्थामा फोहोर फाल्ने भाँडो (डस्टविन) वितरण गरेको छ।  

जिआरआईको घोषित नीति ‘क्लिन कटारी, ग्रिन कटारी’ कार्यक्रमअन्तर्गत नगरपालिकाको सहयोगमा हरित क्रान्ति अभियान थालेको हो। संस्थाका संयोजक प्रकाश महतराका अनुसार अभियान अन्तर्गत कटारीका दुई क्याम्पस र केही विद्यालयको हातामा फोहोर व्यवस्थापन गर्न डस्टविन बाँडेको हो। पहिलो चरणमा कटारी बजारस्थित उदयसी बहुमुखी क्याम्पस, वन क्याम्पस कटारी र त्रिबेणी माविलगायत शैक्षिक संस्थाहरुमा डस्टविन वितरण गरेको हो।  

संस्थाले कटारी वन क्याम्पसस्थित अनेरास्ववियू प्राक तथा कटारी नगरपालिकासँग साझेदारीमा डस्टविन वितरण गर्दै जलवायु परिवर्तन हुनबाट जोगिने बिभिन्न सन्देशमुलक होर्डिङबोर्डसमेत राखिएको संस्थाका सहसंयोजक प्रकृति कोईरालले बताए। कोईरालाका अनुसार संस्थाले ‘परिवर्तनको सरुवात आफैबाट गरौं’ भन्ने नाराका साथ यो अभियान थालेको हो।  

सुरुमा क्याम्पसजस्ता ठूला शिक्षण संस्थाबाट थालिएको यो अभियानलाई बिस्तारै व्यापक बनाउँदै लैजाने योजना रहेको जनाइएको छ। विद्यार्थी, शिक्षक र अभिभावक समाजका जिम्मेवारहरुको जमघट हुने भएकाले पहिलो चरणमा क्याम्पस र विद्यालय परिसरलाई सफा, सुघ्घर र स्वच्छ राख्दै शुद्ध वातावरण बनाउन डस्टविन वितरण र होर्डिङबोर्ड राखिएको वन क्याम्पस कटारीका अखिल अध्यक्ष युवराज भण्डारीले बताए।  

अभियानको सुरुवातमा कटारी नगर उपप्रमुख भीमकुमारी राउत, वन क्याम्पस प्रमुख डा. गान्धिब काफ्ले, उदयश्री बहुमुखी क्याम्पस प्रमुख मुकेस थापा, अनेरास्ववियू उपाध्यक्ष भण्डारी तथा सचिव आशिष जिसीलगायतको टोली अघि सरेको छ। उपप्रमुख राउतले दिनदिनै बिग्रदो वातावरण बचाउँन युवा, विद्यार्थी, शिक्षक र अभिभावक पहिले सचेत बनाउन हरियाली बढाउनुपर्ने र त्यसका लागि हरित क्रान्ति अभियान आवश्यक रहेको बताईन्।  

बढ्दो जलवायु परिवर्तनले विश्वकै वातावरण खतरामा पर्दै गएकाले हरियालीको ठूलो महत्व हुने हुँदा सबैजना यसमा लाग्नुपर्ने राय उपमेयर राउतको छ। भण्डारीले मानव सभ्यतालाई बचाउन सबैभन्दा पहिले स्वच्छ वातावरण हुनुपर्ने भन्दै त्यसका लागि अभियानमा सामेल हुन सबैसँग आग्रह गरेका छन्।

प्रकाशित: २४ पुस २०७७ ०६:०२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App