बैंकिङ कसुर मुद्दामा दुई करोड जरिवाना तोकिएका व्यक्ति पक्राउ
बैंकिङ कसुर मुद्दामा अदालतबाट दोषी ठहर भई दुई करोड रूपैयाँ जरिवाना र कैद सजाय तोकिएका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।
बैंकिङ कसुर मुद्दामा अदालतबाट दोषी ठहर भई दुई करोड रूपैयाँ जरिवाना र कैद सजाय तोकिएका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।
राज्य व्यवस्था तथा सुशासन समितिले निर्मला पन्तको हत्यामा संलग्न अपराधीलाई यथाशीघ्र छानबिन गरी कारबाही गर्न सरकारलाई निर्देशन दिएको छ।
घटनाको अनुसन्धान गर्न एकपछि अर्को गर्दै प्रहरीका टोली खटिएका छन्। अहिले पनि कञ्चनपुरमा घटना अनुसन्धानका लागि प्रहरीका तीनवटा टोली सक्रिय छन्। डिएसपी नेतृत्वमा केन्द्रीय अनुसन्धान ब्युरोको टोली, प्रदेश प्रहरी कार्यालयको टोली र जिल्ला प्रहरी कार्यालयको टोलीले अलअलग अनुसन्धान गरिरहे पनि दोषीको पहिचान हुन सकेको छैन।
संयुक्तराज्य अमेरिकाको मिनियापोलिसका पूर्व प्रहरी अधिकृत डेरेक चौभिनलाई अफ्रिकी–अमेरिकी मूलका अश्वेत नागरिक जर्ज फ्लोएडको हत्यामा अदालतले दोषी ठहर गरेको छ। झण्डै तीन सातादेखि अदालतमा चलिरहेको बहसलाई विश्वका सबैजसो प्रमुख समाचारमाध्यमले प्रमुखताका साथ प्रकाशन प्रशारण गरेका थिए।
बैतडी दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया बलिका भागरथी भट्टको बलात्कारपछि हत्या भएको १२ दिन हुँदा पनि दोषी पत्ता लाग्न सकेको छैन । घटनाको शुरुदेखि नै गंभिरतापुर्वक अनुसन्धानमा जुटिरहेको प्रहरीले अनुसन्धान साँघुरिएको दावी गरेको छ । तर अहिले सम्म प्रहरीले कुनै ठोस प्रमाण फेला पार्न सकेको छैन । अढाई वर्ष अघि बलात्कारपछि हत्या गरिएकी कंचनपुरकी १३ वर्षीया बलिका निर्मला जस्तै भागरथीको बलत्कार र हत्याको घटना जटिल देखिएको छ ।
बैतडी दोगडाकेदार गाउँपालिका–७, चडेपानीकी १७ वर्षीया भागरथी भट्टको हत्यारा ७ दिनसम्म पत्ता लाग्न सकेको छैन । कञ्चनपुरकी बालिका निर्मला पन्तको हत्या घटनामा लापरबाही गर्दा व्यापक आलोचना खेपेको प्रहरीले भागरथीको हत्यामा सुरुदेखि गम्भीर अनुसन्धान थाले पनि सात दिनसम्म हत्यारा पहिचान गर्न सकेको छैन ।
किशोरी भागरथी भट्टको बलात्कारपछि हत्या भएको पुष्टि भएको ६ दिनसम्म प्रहरीले दोषी पहिचान गर्न सकेको छैन। जिल्ला अस्पतालले दिएको पोस्टमार्टम रिपोर्टअनुसार बलात्कारपछि घाँटी थिचेर उनको हत्या भएको हो। तर प्रहरीले दोषी पत्ता लाग्ने गतिलो आधार फेला पार्न सकेको छैन। घटनास्थलमा फेला परेको भागरथीको मोबाइल र फेसबुक एकाउन्टबाट पनि सुराक पत्ता लगाउन सकिएको छैन।
हरेकजसो कार्यक्रममा सम्बोधन गर्दा प्रधानमन्त्री केपी शर्मा ओली आफूलाई काम गर्न नदिइएको भन्दै गुनासो पोख्छन्। काम गर्न नदिइएकै कारण प्रतिनिधिसभा विघटन गर्न बाध्य हुनुपरेको तर्क उनी गर्छन्। तर प्रधानमन्त्रीको यस भनाइलाई विपक्षी दलका नेताहरू भने ठाडै अस्वीकार गर्छन्।
महामारीको बेला सरकारले निषेधाज्ञा खुकुलो पारेपछि सर्वसाधारण रोटीरोटीका लागि सडकमा निस्किएका छन्। तर, सामान्य विचार राख्दा र राम्रोको समर्थन गर्दा पनि प्रहरीले ज्यादतीपूर्ण व्यवहार देखाएको छ। यस्तो प्रवृत्तिले प्रहरी प्रशासनमाथि नै प्रश्न उठिरहेको छ।
सांसद हेमकुमार राईले सोलुखुम्बुमा निरन्तर जनप्रतिनिधिमाथि आक्रमण र दुर्व्यवहार गरिएको जनाउँदै तत्काल दोषीलाई कानुनी कारबाही गर्न माग गरेका छन् ।
जाजरकोटका नवराज बिकसहित ६ युवाको हत्यामा संलग्न दोषीलाई कारबाहीको माग गर्दै खोटाङमा राँके जुलुस निकालिएको छ । आफ्नो प्रेमीका लिन पश्चिमरुकुम पुगेका नवराजसहित उनका साथीहरुको हत्यामा संलग्न दोषीलाई कडा भन्दा कडा कारबाहीको सुनिश्चितताका लागि दवाव सिर्जना गर्न गठित संघर्ष समितिले सोमबार साँझ दिक्तेलबजारमा राँके जुलुस निकालेको हो ।
जाजरकोटका नवराज बिकसहित ६ युवाको हत्यामा संलग्न दोषीलाई कारबाहीको माग गर्दै खोटाङमा संघर्षका कार्यक्रम थालिएको छ । आफ्नो प्रेमीका लिन पश्चिमरुकुम पुगेका नवराजसहित उनका साथीहरुको हत्यामा संलग्न दोषीलाई कडाभन्दा कडा कारबाहीको सुनिश्चितताका लागि दवाव सिर्जना गर्न दलित संघसंगठन तथा जनजाती महासंघ सम्वद्ध व्यक्ति सम्मिलित समिति बनाएर संघर्षका कार्यक्रम थालिएको हो ।
अन्तरजातीय प्रेम विवहाको विवादको क्रममा ६ जना युवाको ज्यान जाने गरी भएको रुकुम घटनाको सम्बन्धमा सत्तारुढ दल नेकपाले दोषीमाथि कारवाही गर्न माग गरेको छ । पार्टी महासचिव विष्णु पौडेलले बुधबार विज्ञप्ति जारी गर्दै घटनाको निष्पक्ष छानबिन, दोषीमाथि कारबाही र पीडितलाई राहत दिन सरकारसँग माग गरेका हुन् ।
राष्ट्रिय दलित नेटवर्क नेपालले पछिल्लो समयमा जाजरकोट, सिरहा, पाँचथर, कालिकोट र रुपन्देहीलगायत देशका विभिन्न स्थानमा भएको जातीय भेदभाव तथा छुवाछूतका घटनामा संलग्न दोषीलाई कारवाही गर्न माग गरेको छ।
नेपाली कांग्रेस बाराले बरियारपुर घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्न माग गरेको छ।