coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

छुवाछूतका घटनामा संलग्न दोषीलाई कारवाही गर्न माग

राष्ट्रिय दलित नेटवर्क नेपालले पछिल्लो समयमा जाजरकोट, सिरहा, पाँचथर, कालिकोट र रुपन्देहीलगायत देशका विभिन्न स्थानमा भएको जातीय भेदभाव तथा छुवाछूतका घटनामा संलग्न दोषीलाई कारवाही गर्न माग गरेको छ। नेटवर्कका अध्यक्ष गणेश विश्वकर्माले आज प्रेस विज्ञप्ति जारी गरी हालै पोखरा, पाल्पा, गुल्मी, धनकुटा, मोरङ, जाजरकोट, बैतडीलगायतका घटनामा संलग्न दोषीलाई कानूनअनुसार कारवाही नभएको भन्दै तत्काल कारवाही गर्नुपर्ने माग गरेका हुन्।

“कोभिड–१९ को विश्वव्यापी महामारीका कारण दुई महिनादेखि बन्दाबन्दीको कारण भोक, रोग तथा अभावमा कष्टपूर्ण जीवन बिताइरहेको बेला दलितमाथि यसखाले जातीय छुवाछूत र भेदभावजन्य घटना घट्नु, ती घटनाका विरुद्धमा स्थानीय प्रहरी प्रशासन मुकदर्शक बन्नु र स्थानीय सरकार, राजनीतिक दल तथा मूलधारको नागरिक समाजसमेत बेखबर हुनुले हामीलाई दुःखी बनाएको छ”, विज्ञप्तिमा भनिएको छ।

शनिबार मात्रै रुकुमपश्चिम चौरजहारी नगरपालिका–८ सोती निवासी सुश्मा मल्लसँगको अन्तरजातीय प्रेम सम्बन्धका कारण स्थानीयको कुटाइबाट जाजरकोट भेरी नगरपालिका–४ रानागाउँका नवराज विकको मृत्यु भएको नेटवर्कले जनाएको छ। यसअघि अन्तरजातीय विवाह र प्रेम सम्बन्धका कारण गैरदलित समुदायबाट हत्या गरिएका काभ्रेका अजित मिजार, सप्तरीका शिवशङ्कर दास, दैलेखका सेते दमाइ, झापाकी अस्मिता तोलामी सार्की, तनहुँकी सङ्गीता परियार, सिन्धुपाल्चोककी माया तिरुवा र म्याग्दीकी सविता नेपालीको घटनामा राज्यले दोषीलाई कुनै पनि किसिमको कारवाही हुन नसकेको विज्ञप्तिमा भनिएको छ।

प्रकाशित: ११ जेष्ठ २०७७ ०९:५८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App