७ मंसिर २०८१ शुक्रबार
image/svg+xml
समाज

निर्मला पन्तको दोषी पत्ता लगाई कारबाही गर्न सरकारलाई निर्देशन

राज्य व्यवस्था तथा सुशासन समितिले निर्मला पन्तको हत्यामा संलग्न अपराधीलाई यथाशीघ्र छानबिन गरी कारबाही गर्न सरकारलाई निर्देशन दिएको छ।

बिहीबार सिंहदरवारमा बसेको समितिको बैठकले निर्मला पन्तको बलात्कारपछि हत्या भएको तीन वर्ष बितिसक्दा समेत दोषी पत्ता लगाउन नसकेको भन्दै सरकारले यथाशीघ्र छानबिन गरी दोषीलाई कारबाही गर्न निर्देशन दिएको हो। समितिले दार्चुला जिल्लाका जयसिंह धामीको तुइन तर्ने क्रममा बेपत्ता भएको घटनाबारे तत्काल कारबाही प्रक्रिया अघि बढाउन पनि सरकारलाई निर्देशन दिएको समितिकी सभापति शशी श्रेष्ठले बताइन्।  

समितिले दार्चुलाको व्यास नरपालिकाका जनतालाई आवश्यक औषधि र खाद्यान्नको व्यवस्था गर्न पनि सरकारलाई निर्देशन दिएको छ। अहिले देशमा बालिका र महिलाहरु हिंसा, हत्या र बलात्कारको शिकार भइरहेकोले यस्ता घटनालाई नियन्त्रण र गर्न पनि समितिले सरकारलाई निर्देशन दिएको छ। समितिले चाडबाड नजिकँदै गरेकोले चाडबाडमा हुने उपभोग्य सामग्रीमा अश्वभाविक मूल्यवृद्धि, जनस्वास्थ्यलाई असर गर्ने गुणस्तरहीन सामग्री र कालोबजारी रोक्न पनि सरकारलाई निर्देशन दिएको सभापति श्रेष्ठले बताए।

समितिले हिंसा, बलात्कार र हत्याका घटनाहरु बढीरहेकोले यसलाई नियन्त्रण गर्न र अपराधीलाई कडा कारबाही गर्न सरकारलाई निर्देशन दिएको छ।

प्रकाशित: १० भाद्र २०७८ १०:४६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App