२४ पुस २०८१ बुधबार
image/svg+xml

कनकासुन्दरीमा आलुबाली कृषक पाठशाला

आलु खेतीलाई आम्दानीको प्रमुख स्रोत बनाउन जुम्लाको कनकासुन्दरी गाउँपालिका ७ मा आलुबाली कृषक पाठशाला सञ्चालन गरिएको छ।

किसानले लगाए मकैको साटो बारीभरि आलु

छोटो समयमा धेरै आम्दानी हुने आलु खेती सामुहिक रुपमा गर्न किसानहरु उत्साहित भएका छन्। घरमा खानका लागि मात्र आलु लगाउँदै आएका स्थानीय किसानहरुले अहिले ब्यवसायिक रुपमै लगाएका हुन्।

तिलोत्तमामा सामूहिक आलुखेती गर्दै किसान

आलुको आयात प्रतिस्थापन गर्दै आन्तरिक उत्पादनबाट आत्मनिर्भर हुने उद्देश्यले तिलोत्तमा नगरपालिकामा सामूहिक आलुखेती सुरु गरिएको छ ।

म्याग्दीबाट ११ सय मेट्रिक टन आलु निर्यात

गत आर्थिक वर्ष २०७५/७६ मा म्याग्दीबाट ११ सय मेट्रिक टन आलु निर्यात भएको छ । अनुकूल वातावरण, सहज बजार मूल्य र विभिन्न किसिमका अनुदानसँगै अन्य बालीसमेत छाडेर नगदे बाली आलुखेतीतर्फ आकर्षण बढेको हो ।

अनुगमन टोली पुगेपछि तरकारी बजारका आलु-प्याज व्यापारीकाे भागाभाग

धुम्बाराही तरकारी तथा फलफुल बिक्री केन्द्रमा आलु र प्याज बेच्ने ७ जना व्यापारी शुक्रबार बिहानै पसल छोडे हिँडे। त्यहाँ आलु र प्याज बेच्ने ९ वटा पसल छन्। तीमध्ये १ र २ नम्बर स्टलका व्यापारी थिए। बाँकी पसलमा थिएनन्।

आलुखेती पढ्दै जुम्ली महिला

पातारासी गाउँपालिका ५ को इन्द्रेणी आलुबाली कृषक पाठशालाका ३२ जना महिला अहिले आलुखेतीका बिषयमा अध्ययन गर्छन्। उनीहरु गाउँमै आलुखेती र आलु खेतीको महत्वका बारेमा पढ्छन्। प्रयोगात्मक अभ्यास पनि गर्छन्। यो क्षेत्र आलु खेतीका लागि निकै उपयुक्त मानिने भएकोले आलु कृषक पाठशाला स्थापना गरिएको हो।

आलुको बोरामा साढे तीन लाख नगद बरामद

सशस्त्र प्रहरी बलको एउटा टोलीले पर्साको पश्चिमी सिमावर्ती गाउँ टिहुकीबाट आलुको बोरामा लुकाइएको तीन लाख ५५ हजार रुपैयाँ सहित दुई जनालाई पक्राउ गरेको छ । आलुमा पैसा लुकाएर लैँजादै गरेका दुई जनालाई पक्राउ समेत गरिएको सशस्त्र प्रहरी बल बोर्डर आउट पोष्ट भिस्वा बन्जारीका सशस्त्र प्रहरी निरिक्षक हरी पराजुलीले बताए ।

ग्यास, आलु र प्याज आयात दोब्बर

गत वर्ष २३ दिनको अवधिमा एक सय ७९ ग्यास बुलेट आएकामा अहिले तीन सय ३६ पुगेको छ । एक सय ३९ ट्रक आलु र प्याज आयात भएकोमा अहिले दुई सय ९८ ट्रक पुगेको छ ।

राहतमा कुहिएको चामल र आलु, स्थानीय भन्छन्, ‘बाच्न दिएको कि मार्न?’

लहान नगरपालिका –२० की ४० वर्षीया शनिचरीदेवी राम श्रमिक हुन्। निरन्तरको लकडाउनका कारण मजदुरी खोसिएपछि उनको परिवारमा गाँसको समस्या छ। मजदुरीबाट जम्मा गरेको रासन सकिएको छ।

बर्खे आलु लगाउनमा व्यस्त डडेल्धुराका किसान

डडेल्धुराका किसान बर्खे आलु लगाउनमा व्यस्त देखिन्छन्। बर्खे आलु लगाउने समय अलि ढिला भए पनि अहिले किसानहरु आलु लगाउनमै व्यवस्त छन्। बर्खा याममा आलुको उत्पादन राम्रो हुने भएकाले किसानहरु आलु लगाउनै व्यस्त भएका हुन्।

किसानलाई क्षतिपूर्ति र प्रहरीलाई कारबाही माग

किसानले वीरगन्ज भन्सारमा लिलामी गरिएको आलुको क्षतिपूर्ति र सशस्त्र प्रहरी बल, राजस्व सुरक्षा गुल्म १४ पर्सा वीरगन्जका प्रमुख सशस्त्र प्रहरी नायब उपरीक्षक अमरबहादुर खत्रीलाई कारबाही माग गरेका छन्।

खेतमा उत्पादित आलु भन्सार पठाएपछि किसानहरु आन्दोलनमा

खेतमा उत्पादन गरिएको आलु बिक्री गर्न लैजादै गर्दा सशस्त्र प्रहरी बल, राजश्व सुरक्षा गुल्म १४ पर्साले वीरगन्ज भन्सारमा बुझाएको बिरोधमा किसानहरुले कलैयामा आइतबार प्रदर्शन गरेका छन्।

डढुवाले आलुखेतीमा २५ प्रतिशत क्षति

एक महिना लामो शीतलहर र हिउँदे वर्षाले यसपालि कैलाली, कञ्चनपुरका किसानले लगाएको आलुखेतीमा क्षति पुगेको छ।

आलु किसानलाई १ अर्ब घाटा

अधिक हिउँदे वर्षाका कारण बाँके र बर्दियामा ५० प्रतिशतले आलु उत्पादन घट्ने अनुमान गरिएको छ। आलु उत्पादनमा असर गरेपछि यस क्षेत्रका किसानलाई १ अर्ब भन्दा बढी घाटा हुने आँकलन छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्