७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
समाज

आलुको बोरामा साढे तीन लाख नगद बरामद

आलुको बोरामा बरामद नगद रुपैया र मोटरसाइलक सहित पक्राउ परेका मान्छे । तस्बिर सौजन्य : सशस्त्र प्रहरी बल

सशस्त्र प्रहरी बलको एउटा टोलीले पर्साको पश्चिमी सिमावर्ती गाउँ टिहुकीबाट आलुको बोरामा लुकाइएको तीन लाख ५५ हजार रुपैयाँ सहित दुई जनालाई पक्राउ गरेको छ । आलुमा पैसा लुकाएर लैँजादै गरेका दुई जनालाई पक्राउ समेत गरिएको सशस्त्र प्रहरी बल बोर्डर आउट पोष्ट भिस्वा बन्जारीका सशस्त्र प्रहरी निरिक्षक हरी पराजुलीले बताए । सशस्त्र प्रहरी बोर्डर आउट पोष्टको गस्ती टोलीले छिपहरमाई गाउँपालिका–२ पर्ने टिहुकीबाट सोही वडाको चरगाँहा गाउँमा घर भएका ३३ वर्षीय जन्मजय यादव र सोही ठाउँका वर्ष १९ का रन्जय बैठालाई रुपैयाँसहित पक्राउ गरिएको पराजुली जानकारी दिए ।

भारतबाट आलुमा लुकाएर ल्याउदै गरेको स्रोत नखुलेको रुपैया सहित दई जनालाई सशस्त्र प्रहरीले पक्राउ गरेको सशस्त्र प्रहरीले जनाएको छ । ‘सिमामा आउँजाउ बन्द रहेको बेला चोरबाटो प्रयोग गरी यिनीहरू निस्केका रहेका छन्, सोही ठाउँमा निगरानी राखिरहेका टोलीले दुई जना मोटरसाइलक लिएर भातरतिरबाट पस्न लागेको बेला रोके,’ पराजुलीले भने, ‘बोरा बोकेका रहेछन्, सोध्दा आलु हो सर भने, खोलेर चेकजाँच गर्दा नगद निस्कियो ।’  

पैसाको स्रोत नखुलेको उनीहरूबाट नेपाली रुपैया हजार, पाँच सय, सय, पचास, बिस, दश र पाँच दरको नोट गरी कुल तीन लाख ५५ हजार बरामद भएको उनले जानकारी गराए । ति दुई जना बिआर२२भी ३८२५ भारतीय नम्बरका मोटरसाइकलमा भित्रिन लागेका थिए । आवश्यक कारवाहीका लागि दुबै जनालाई नगदसहित इलाका प्रहरी कार्यालय पोखरियामा बुझाईएको सशस्त्र प्रहीले जनाएको छ ।

यसभन्दा अगाडि गत जेठ २२ गते एउटा मोटरसाइकलमा लुकाएर लैजान लागिएको २२ लाख ४८ हजार रुपैयासहित एक जना युवकलाई पर्साको सीमावर्ती गाउँ बञ्जारीबाट सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट भिस्वाले पक्राउ गरेको थियो । ना४३ प २८०२ नम्बरको मोटरसाइकलको ट्यांकीभित्र फल्स बटम बनाएर अवैध रुपले उक्त रकम लिएर सीमावर्ती छिपहरमाई गाउँपालिकाको भिस्वाबाट आइरहेका बाहुदरमाई नगरपालिका– ५ भौराटार घर भएका प्रकाश साहलाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय पर्सामा बुझाएको थियो ।

प्रकाशित: १२ असार २०७७ १२:२९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App