१० मंसिर २०८१ सोमबार
image/svg+xml
अर्थ

अनुगमन टोली पुगेपछि तरकारी बजारका आलु-प्याज व्यापारीकाे भागाभाग

धुम्बाराही तरकारी तथा फलफुल बिक्री केन्द्रमा आलु र प्याज बेच्ने ७ जना व्यापारी शुक्रबार बिहानै पसल छोडे हिँडे। त्यहाँ आलु र प्याज बेच्ने ९ वटा पसल छन्। तीमध्ये १ र २ नम्बर स्टलका व्यापारी थिए। बाँकी पसलमा थिएनन्। बजारमा पानी पसेर आलु र प्याज खत्तम बनायो। स्टल २ का व्यापारी बद्री शिवाकोटी भन्दै थिए — ठूला व्यापारीले गलत गरे होलान् समस्या हामी साना व्यापारीलाई हुन्छ। उनको यो भनाइबाट बुझ्न सकिन्छ। अरु व्यापारी अनुगमन टोली आएको खवर सुनेर पसलबाट हिँडेका हुन्।  

पसल छोडेर गए पनि पङ्खा चलिरहेका थिए। पूजा गर्दा बालेको बत्ती निभेकै थिएन। शिवाकोटीका अनुसार बजारमा पानी पसेर हरेक पसलले कम्तीमा २ लाख रुपैयाँ बराबरको क्षति व्यहोरेका छन्।  

बजारमा मल तथा बीउ बिजन, माछा मासु तथा दुधजन्य खाद्यबस्तुलगायत भान्सामा आवश्यक सबै प्रकारमा सामानका स्टल छन्। तरकारीका लागि मात्रै २०० स्टल छन्। यिनीहरुमध्ये अनुगमन टोली पुग्दा केही पसल बन्द थिए। अनुगमन शुरुवात भएपछि क्रमशः एकपछि अर्को गर्दै बन्द गर्न थालिए। किन यसो गरेको प्रश्नको उत्तरमा उनीहरु भन्दै थिए — पानी परेर सामान नआएर बेच्नका लागि सामान छैन।  

बजारभित्र रहेको दक्षिणकाली खाद्य तथा किराना पसलमा खुल्ला बेच्न राखिएका दाल चामल, आँटा, मस्यौरालगायत सबै खानेकुरामा ढुसी र ओस आएको थियो। मैदामा चिल्याँसा परेको थियो। त्यहाँबाट जारी बिलमा ठेगाना बल्खु लेखिएको थियो। पसलमा व्यापार गरिरहेकी धनमाया बलामी भन्दै थिइन् — कालो दाल भर्खर ल्याएको। यो दालमा ल्याउँदै कीरा थियो। कालो दालमा मात्र होइन, अरुमा पनि कीरा छ त? प्रश्नको उत्तरमा उनले भनिन् — एउटाबाट अरुमा सरेको होला।  

अनि सबै सामान त ओसिएको छ त? प्रश्नमा जवाफ दिँदै उनले भनिन् — पानी परेर सबै ओसियो।  

अनुगमन टोलीले बिक्रीका लागि अयोग्य २१ किलो मैदा, ४५ के. जी. आँटा, १० के. जी. सोयाबिन बरामद गरेको छ भने कीरा देखिएको ७० के. जी. मासको दाल, ९० के. जी रहरको दाल बिक्री रोक्का गरेको छ।  अनुगमन टोलीले आजै भाटभटेनीको चुच्चेपाटीस्थित प्याकेजिङ् स्थलको पनि अनुगमन गरेको छ। 

प्रकाशित: ९ आश्विन २०७७ ०६:३२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App