१४ आश्विन २०८१ सोमबार
image/svg+xml

अर्थमन्त्री महत भन्छन्ः समस्यालाई कहालिलाग्दो मात्र नबनाऔं

पर्यटन व्यावसायीले लामो समयदेखि एकैखालका यस्तै गुनासा गरिरहँदा सोमबार पोखरा आएका अर्थमन्त्री डा.प्रकाशशरण महतले व्यावसायीलाई अझै केही समय धैर्य गर्न सुझाव दिएका छन्। अर्थमन्त्री महतले लामो समयदेखिका समस्यालाई कहालिलाग्दो नबनाउन पनि सुझाए। समस्यालाई कहालिलाग्दो बनाएर असन्तुष्ट बनिरहँदा आफ्नै कारणले सबैतिर खराब हुने उनको सुझाव छ।

उद्योग वाणिज्य महासंघ कोसीको समिति बिस्तार

नेपाल उद्योग वाणिज्य महासंघ कोसी प्रदेशले भविषकुमार श्रेष्ठ नेतृत्वको पर्यटन तथा हवाई यातायात समिति बिस्तार गरेको छ।

मनास्लु र रक्सा उराई हिमाल आरोहण गर्न ६५ जनालाई अनुमति

यस वर्षको शरद ऋतु (सेप्टेम्बर, अक्टोबर र नोभेम्बर)मा दुई हिमाल आरोहण गर्न पर्यटन विभागबाट विभिन्न मुलुकका ६५ आरोहीहरूले अनुमति पाएका छन्।

आठ महिनामा भित्रिए ६ लाख पर्यटक

नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्याङ्कअनुसार वर्षको जनवरीदेखि अगष्ट महिनासम्म छ लाख एक हजार तीन सय ६० पर्यटक भित्रिएका छन्।

नक्कली कागजात पेस गरेर पर्यटन बोर्डको वरिष्ठ प्रबन्धक!

बोर्डले २०६४ सालमा गरेको विज्ञापनमा प्रबन्धक पदको पदपूर्तिका लागि दरखास्त आह्वान गरेको थियो। गौतमले कञ्चन ट्राभल्स एण्ड टुर्स प्रा.लि. काठमाडौंमा २०५६ पुस १८ देखि २०५८ माघ ७ गतेसम्म करेस्पोन्डेन्ट पदमा काम गरेको भनी अनुभवको पत्र पेश गरेका थिए ।

उत्साहजनक छैन सिजनको होटल बुकिङ

पर्यटन व्यावसायीका अनुसार सेप्टेम्बर मध्यदेखि सुरु हुने पर्यटकीय मुख्य सिजन अक्टोवर–नोभेम्बरसम्म निकै नै राम्रो हुने गरेको थियो। डिसेम्बरदेखि केही कम हुने पाहुना आगमन फेब्रुअरीपछि पनि उकालो लाग्ने गरेको थियो। तर, कोभिडका कारण ओरालो लागेको पर्यटन क्षेत्र सोचे अनुरुप अझै उकासिन नसकेको व्यावसायीको भनाई छ। सिजनको बुकिङको आकार निकै नै कमजोर रहेको उनीहरुको भनाई छ।

पर्यटकहरूको आकर्षण केन्द्र बन्दै झाँगाझोली

शुक्लागण्डकी नगरपालिका–६ स्थित पृथ्वी राजमार्गको खैरेनीटार बजारबाट दुई दशमलव पाँच किलोमिटर दूरीमा झाँगाझोली रहेको छ।

पर्यटनमन्त्री किरातीलाई पितृशोक

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीलाई पितृशोक परेको छ । उनका बुवा हर्कबहादुर राईको ७६ वर्षको उमेरमा आज बिहान वीर अस्पतालमा निधन भएको मन्त्री किरातीको सचिवालयले जनाएको छ ।

पर्यटक प्रहरीलाई तालिम

पर्यटक प्रहरीको काम, कर्तव्य र जिम्मेवारीलाई व्यावहारिक र व्यवस्थित बनाइ कार्य क्षेत्रमा खटिएका कर्मचारीहरूको कार्य सम्पादनको स्तर उच्च बनाउने उद्देश्यले सुरू भएको पर्यटक प्रहरीको पहिलो समूहको तालिम सकिएको छ।

सुस्तायो पर्यटन क्षेत्र, अकुपेन्सी २० प्रतिशत मुनि

व्यावसायीका अनुसार पर्यटन क्षेत्रमा यो ‘अफसिजन’ को बेला हो। कोभिड संक्रमण सुरु हुनुअघि अफसिजनकै समयमा पनि यो बेला पोखराको होटलको अकुपेन्सी ५० प्रतिशत हाराहारीमा हुने गरेको थियो। तर, अहिले यो बेलाको पाहुना आगमन निकै नै कमजोर रहेको व्यावसायीको गुनासो छ। पछिल्लो समय पोखरा र आसपासका क्षेत्र पर्यटनमा निकै नै कमजोर बनेको व्यावसायीले बताएका छन्।

सरकारको प्राथमिकता पर्यटन र जलविद्युत : मुख्यमन्त्री उद्धव थापा

कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले निजी क्षेत्रसँगको सहकार्यमा पर्यटन प्रवर्द्धन र जलविद्युत्को विकास प्रदेश सरकारको मुख्य प्राथमिकता भएको बताएका छन्।

‘नेपाल र बङ्गलादेश सम्बन्ध जनस्तरसम्म पुर्‍याउनुपर्छ’

नेपाल र बङ्गलादेशबिच रहेको सांस्कृतिक, पर्यटन र व्यापार सम्बन्ध जनस्तरसम्म पुगाउन सके द्विपक्षीय विकासको गति बढाउन सकिने एक कार्यक्रमका सहभागीहरूले बताएका छन्।आज नेपाल पर्यटन बोर्डको सभा हलमा आयोजित ‘नेपाल–बङ्गलादेश व्यापार, पर्यटन र संस्कृति’ नामक गोष्ठीमा सहभागी सरोकारवालाहरूले यस्तो धारणा व्यक्त गरेका हुन।

दुई सय बढी बङ्गलादेशी पर्यटक एकै पटक नेपालमा

दुई सय बढी बङ्गलादेशी पर्यटकहरू चार्डड जहाजबाट नेपाल भ्रमणका लागि आएका छन्।आज २ सय बढी बङ्गलादेशी नागरिकको टोली नेपाल भ्रमणका लागि आएको हो।

सौराहामा घट्दै हात्ती सफारी पर्यटनमा असर

युनाइटेड हात्ती सञ्चालन सहकारी संस्थाका अध्यक्ष दीपेन्द्र खतिवडा भन्छन्, ‘सौराहा आउने ९० प्रतिशत हात्तीको गतिविधि अवलोकन गर्न आउँछन्। कोही छावासँग खेल्छन्। कोही सफारीमा जान्छन्’, उनले भने, ‘तर हात्ती घट्दै गएपछि पर्यटनमा ठूलो घाटा छ।’

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्