१६ वैशाख २०८१ आइतबार
image/svg+xml
अर्थ

नक्कली कागजात पेस गरेर पर्यटन बोर्डको वरिष्ठ प्रबन्धक!

नेपाल पर्यटन बोर्डका वरिष्ठ प्रबन्धक पदमा कार्यरत लक्ष्मण गौतमले सेवा प्रवेश गर्दा नक्कली कागजात बनाएर जागिर खाएको खुलेको छ।

पर्यटन बोर्डको कर्मचारी सेवा विनियमावली, २०६४ को विनियम ६ को उपविनियम (३) को (ङ) मा प्रबन्धक स्तरको पदका लागि नेपाल सरकारबाट मान्यता प्राप्त विश्वविद्यालय वा सो सरहको अन्य शिक्षण संस्थाबाट स्नातकोत्तर तह उत्तीर्ण गरेको र सम्बन्धितक्षेत्रमा अधिकृत स्तरको पदमा कम्तिमा पाँच वर्ष अनुभव प्राप्त गरेको हुनुपर्ने व्यवस्था छ। सोही व्यवस्था अनुसार गौतमले बोर्डको प्रबन्धक पदमा नियुक्ति लिन आवेदन दिँदा कञ्चन ट्राभल्स एण्ड टुर्स प्रा.लि.बाट नक्कली कागजात बनाएर पेस गरेको पुष्टि भएको छ।

बोर्डले २०६४ सालमा गरेको विज्ञापनमा प्रबन्धक पदको पदपूर्तिका लागि दरखास्त आह्वान गरेको थियो। गौतमले कञ्चन ट्राभल्स एण्ड टुर्स प्रा.लि. काठमाडौंमा २०५६ पुस १८ देखि २०५८ माघ ७ गतेसम्म करेस्पोन्डेन्ट पदमा काम गरेको भनी अनुभवको पत्र पेश गरेका थिए।  कम्पनी रजिष्ट्रार कार्यालयको अभिलेख अनुसार कञ्चन ट्राभल्स एण्ड टुर्स प्रा.लि.२०५७ भदौ २१ गते मात्र दर्ता भएको छ। नक्कली कागजात बनाउने क्रममा गौतमले कम्पनी स्थापना नहुँदैदेखि काम गरेको अनुभव देखाएका छन्।

नेपाल पर्यटन बोर्डका वरिष्ठ प्रबन्धक पदमा कार्यरत लक्ष्मण गौतमले सेवा प्रवेश गर्दा नक्कली कागजात बनाएर जागिर खाएको खुलेको छ।

बोर्ड स्रोतका अनुसार अनुभव प्रमाण पत्र पेस गरेका गौतमले नियुक्ति पत्र भने पेस गरेका थिएनन्। कुनै पनि सार्वजनिक निकायमा छनौटको लागि खुलेको विज्ञापन अनुसार आवेदन दिँदा अनुभवको प्रमाणसहित नियुक्ति पत्र पनि अनिवार्य संलग्न हुनुपर्ने कानुनी व्यवस्था छ। गौतमले बोर्डमा दरखास्त फारमसाथ पेश गरेको अनुभवको प्रमाणपत्र हेर्दा कञ्चन ट्राभल्स एण्ड टुर्स प्रालिबाट पेस गरेको कागजात नक्कली भएको पुष्टि भएको हो।

गौतमले कम्पनी स्थापना नहुँदैदेखि काम गरेको भनेर झुठा विवरण तयार गरी अनुभव प्रमाण पत्र लिएको देखिन्छ। कम्पनी रजिष्ट्रार कार्यालयको रेकर्डमा कञ्चन टुर्स एण्ड ट्राभल्स नारायणप्रसाद सापकोटा, प्रेमप्रसाद कँडेल र श्रीप्रसाद बस्ताकोटीको संयुक्त नाममा २०५७ भदौ २१ मा दर्ता भएको छ।

गौतमविरुद्ध नक्कली कागजात पेस गरेर जागिर खाएको भनि अख्तियार दुरूपयोग अनुसन्धान आयोग, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा पनि उजुरी परेको थियो। उजुरी परे पनि प्रभावमा पारेर गौतमले जागिर जोगाएको पर्यटन मन्त्रालयका एक अधिकारी बताउँछन्। ‘कम्पनी स्थापना नहुँदैदेखि कम्पनीमा काम गरेको फर्जी अनुभव पत्र पेश गरेको अभिलेखबाट देखिन्छ,’ ती अधिकारीले भने, ‘भनसुन र प्रभावको कारण कारबाही भएको छैन।’

गौतमले कम्पनी स्थापना नहुँदैदेखि काम गरेको भनेर झुठा विवरण तयार गरी अनुभव प्रमाण पत्र लिएको देखिन्छ। कम्पनी रजिष्ट्रार कार्यालयको रेकर्डमा कञ्चन टुर्स एण्ड ट्राभल्स नारायणप्रसाद सापकोटा, प्रेमप्रसाद कँडेल र श्रीप्रसाद बस्ताकोटीको संयुक्त नाममा २०५७ भदौ २१ मा दर्ता भएको छ।

कम्पनी रजिष्ट्रारको कार्यालयबाट अभिलेख मगाएर भिडाउनासाथ गौतम सेवाबाट मुक्त हुने ती अधिकारीले बताए। ‘कम्पनी दर्ता नहुँदैदेखि काम गरेको नक्कली कागजात पेस गरेकाले अनुभव पुग्दैन,’ ती अधिकारीले भने, ‘गहिरो छानबिन गर्ने हो भने उहाँ (गौतम) ले पेश गरेको कागजात नै झुटो छ।’

नक्कली कागजात पेस गरेका गौतमले आफू कञ्चन ट्राभल्स एण्ड टुर्स प्रा.लि.मा कर्मचारीको रूपमा काम गरेको बताए। ‘मैले कर्मचारीको हैसितमा काम गरेको हो,’ गौतमले नागरिकसँग भने, ‘कम्पनी दर्ता भएको छ/छैन जानकारी भएन।’

आफूले काम गरेको कम्पनीको अनुभव पत्र पेस गरेको उनले बताए। कम्पनी दर्ता नहुँदै कसरी काम गर्नुभयो भन्ने जिज्ञासामा गौतमले भने, ‘काम गर्न जाँदा कम्पनी दर्ता भएको छ कि छैन भनेर सोध्ने कुरा भएन,’ उनले भने, ‘मैले आफैं बनाएको होइन कम्पनीले दिएको हो।’

नक्कली कागजात पेस गरेका गौतमले आफू कञ्चन ट्राभल्स एण्ड टुर्स प्रा.लि.मा कर्मचारीको रूपमा काम गरेको बताए। ‘मैले कर्मचारीको हैसितमा काम गरेको हो,’ गौतमले नागरिकसँग भने, ‘कम्पनी दर्ता भएको छ/छैन जानकारी भएन।’

सेवा प्रवेश गर्दा गौतमले करेस्पोन्डेन्ट पदमा काम गरेको अनुभव पेस गरेका थिए। करेस्पोन्डेन्ट पद अधिकृत सरह हो वा होइन भन्ने विवाद भएपछि गौतमले फेरि करेस्पोन्डेन्ट पद ‘अफिसर’ सरह रहेको भनि कागजात बनाएर बोर्डमा पेस गरेका थिए। दरखास्त दिने प्रयोजनार्थ जबरजस्त तवरमा करेस्पोन्डेन्ट पदलाई ‘अधिकृत पद’ सरहको रहेको भनी व्याख्या गराइफेरि अनुभवको प्रमाणपत्र पेस गरेका थिए।

गौतमले राजनीतिक पहुँच प्रयोग गरेर तत्कालीन पर्यटन मन्त्री रवीन्द्र अधिकारी र योगेश भट्टराईका पालामा सल्लाहकार पद समेत हात पारेका थिए।

प्रकाशित: १५ भाद्र २०८० ०३:०३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App