७ असार २०८१ शुक्रबार
image/svg+xml
अर्थ

दुई सय बढी बङ्गलादेशी पर्यटक एकै पटक नेपालमा

दुई सय बढी बङ्गलादेशी पर्यटकहरू चार्डड जहाजबाट नेपाल भ्रमणका लागि आएका छन्।आज २ सय बढी बङ्गलादेशी नागरिकको टोली नेपाल भ्रमणका लागि आएको हो। बङ्गलादेशी पर्यटकको स्वागतका लागि नेपाल पर्यटन बोर्डका सदस्यहरू त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए।

उनीहरुले पर्यटकको स्वागतमा नेपाली पञ्चे बाजागाजा सहित स्थानीय पहिचान झल्कने नाचगान प्रस्तुत गरेका थिए। बङ्गलादेशबाट एकसाथ यति धेरै पर्यटक नेपाल आएका हुन्। आज र भोलि गरेर बङ्गलादेशबाट करिब सात सय पर्यटकहरू नेपाल आउने बताइएको छ। पर्यटकहरूको स्वागतका लागि विमानस्थल पुगेका नेपाल पर्यटन बोर्डका प्रबन्धक सूर्य थापाले बङ्गलादेशबाट होलिडे मनाउनका लागि नेपाल आएको बताए।

उनले पछिल्लो तीन वर्षयता बङ्गलादेशबाट नेपाल आउने पर्यटकको संख्या निरन्तर बढी रहेको जानकारी दिए।त्यस्तै बङ्गलादेशी पर्यटक शेख अजरफ उद्दिनले नेपाल घुम्नका लागि सही र राम्रो गन्तव्य भएको बताए। उनले नेपालमा स्वागत राम्रो पाएको र नेपाल घुम्न आतुर रहेको धारणा व्यक्त गरे।पर्यटकको आवागमनले नेपालको पर्यटन प्रवर्द्धनमा महत्त्वपूर्ण सहयोग पुग्ने विश्वास लिइएको छ।

प्रकाशित: १ भाद्र २०८० ०८:३० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App