९ पुस २०८२ बुधबार
image/svg+xml
राजनीति

आज राप्रपा नेपालको कार्यसम्पादन समितिको बैठक बस्दै

राप्रपा नेपालको कार्यसम्पादन समितिको बैठक आज बस्ने भएको छ।

आज (बिहीबार) दिउँसो १:३० बजे पार्टी केन्द्रीय कार्यालय सिफलमा बैठक बस्ने महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए। मुलुकको पछिल्लो  राजनितिक घटनाक्रम, आन्दोलनको तयारी र पार्टीको भूमिका तथा साङ्गठानिक गतिविधिका बारेमा छलफल हुने बर्तौलाले जानकारी दिए।

उनले भने, 'आजको बैठकमा केही महत्त्वपूर्ण विषयमा छलफल हुनेछ। अध्यक्ष कमल थापाले पछिल्लो परिस्थिति र भाबि योजनाबारे खाकासहित धारणा राख्नुहुनेछ।'

तिनकुने घटना र सो घटनाको आधारमा पक्राउ परेका आस्थाका बन्दीहरूको रिहाइको बारेमा समेत बैठकमा छलफल हुने बताइएको छ। तिनकुने घटनाको बारेमा निष्पक्ष न्यायिक छानबिन आयोग गठन नभएकोमा पार्टी असन्तुष्ट समेत रहेको छ।

प्रकाशित: ११ वैशाख २०८२ ०८:४६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App