राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलको बैठक बस्दै छ।
आज (बिहीबार) दलको कार्यालय सिंहदरबारमा दिउँसो २ बजे सो बैठक बस्ने भएको हो। बैठकमा भोलिदेखि सुरु हुने संसदको आगामी अधिवेशनको तयारी तथा पार्टीले लिने पोजिसनसहित गत वैशाख ४ गते बसेको केन्द्रीय समिति बैठकले दिएको निर्देशन लगायत विषयमा छलफल हुने जनाइएको छ।
प्रकाशित: ११ वैशाख २०८२ ०८:३१ बिहीबार





