सञ्चारमन्त्री जगदिश खरेलले आज तीन प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूलाई भेट्ने भएका छन्।
मन्त्री खरेलले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाल कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड'सँग भेट्ने भएका हुन्। उनले देउवालाई उनकै निवासमा बिहान ९:३० बजे भेट्ने कार्यतालिका रहेको छ।
यस्तै मन्त्री खरेलले ओलीलाई उनकै निजी निवास गुण्डुमा ११:०० बजे र प्रचण्डलाई पनि उनकै निजी निवास १२:०० बजे भेट्ने मन्त्री खरेलको सचिवालयले जानकारी दिएको छ।
प्रकाशित: ११ पुस २०८२ ०९:४३ शुक्रबार





