२२ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
राजनीति

बालेनले रक्षा बमलाई जिम्मेवारी दिँदा सुदन गुरुङको अवस्था के?

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) चार दिनयता राजनीतिक संवादमा सक्रिय छन्। नयाँ दलमार्फत अगाडि बढ्ने गरी उनले यस अवधिमा ५० भन्दा बढी व्यक्तिसँग संवाद गरिसकेका छन्। उनले समानुपातिक उम्मेदवार टुंगो लगाउने गरी संवाद अघि बढाए पनि टुंगो भने लागिसकेको छैन। बालेनले विभिन्न रणनीति पनि अघि सारिरहेका छन्।

राजनीतिक रूपमा आफैँ अघि बढ्ने भएपछि बालेनले समानुपातिक उम्मेदवारको चयन गर्ने र त्यसमा धेरैजसो सामाजिक अभियन्ता र जेनजी विद्रोहमा सामेल भएका व्यक्तिहरूलाई समेट्ने उद्देश्य राखेको देखिन्छ। सोमबार रातिपछि बिहीबारसम्म उनले समाजका धेरै पक्षसँग सरोकार राख्ने व्यक्तिहरूसँग भेटघाट गरेका छन्।

यसै क्रममा बालेन राजनीतिक दलमार्फत चुनावी प्रक्रियामा आए रक्षा बम समूहले सहकार्य गर्ने भएको छ। बालेनले लोकतन्त्र, गणतन्त्र, संघीयता र संविधान मान्ने बताएपछि रक्षा बम समूहले सहकार्य गर्ने जनाएको हो। उता मिलन पाण्डे समूहको विकेकशील साझा पनि बालेनसँग रहने बताइएको छ। सो समूहमा रहेका केही अभियन्ता र साहित्यकार पनि जोडिन सक्ने बताइएको छ। रक्षा बमलगायतका समूहसँग बालेनले ‘म राजनीतिमा आएँ, तपाईंहरूको सहयोग चाहियो’ भनेका थिए। रक्षा समूहले जवाफमा सहयोग गर्ने बताएको छ।

बालेनसँग छलफलमा रहेका सुदन गुरुङले भने कुनै प्रतिक्रिया दिएका छैनन्। बिहीबार दिउँसो लामिछाने र बालेनलाई मिल्न दबाब दिएको सन्देश प्रवाह गर्न गेटमा ताल्चा लगाएको तस्बिर सार्वजनिक गरेका सुदनले आफ्नो अवस्था के हो भनेर केही खुलाएका छैनन्। सुदनप्रति रवि, बालेन र रक्षा तीनै जना सकारात्मक छैनन्। उनीहरूले सुदनका लागि तत्कालै गेट बन्द गर्ने नीति पनि लिएका छैनन्। ‘सुदनको बानीब्यहोरा सुधार नभएसम्म हामी हुन्छ वा हुँदैन भन्ने अवस्थामा छैनौं तर अहिले नै उनलाई यहाँ नआउनू भन्न पनि सकिन्न,’ बालेननिकट एक जेनजीले भने। 

यो पनि पढ्नुहोस्

बालेनका सक्रिय चार दिन: भावी प्रधानमन्त्री काे? 

प्रकाशित: ११ पुस २०८२ ०९:१५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App