काठमाडौं क्षेत्र नम्बर-१० बाट प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार प्रदीप विष्ट फराकिलो मतान्तरसहित विजयी भएका छन्।
ठूला दलहरूलाई भारी मतले पछाडि पार्दै उनले सानदार जित दर्ता गराएका हुन्।
अन्तिम मतपरिणाम अनुसार विजयी उम्मेदवार विष्टले ३७ हजार ४ सय ६९ मत प्राप्त गरेका छन्।
दोस्रो स्थानमा रहेका उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार हिमाल कार्कीले ८ हजार १ सय मत मात्र ल्याउन सकेका छन्। विजयी विष्ट र कांग्रेस उम्मेदवार कार्कीबीचको मतान्तर २९ हजार ३ सय ६९ रहेको छ।
त्यसैगरी, नेकपा एमालेका उम्मेदवार विनोद श्रेष्ठ तेस्रो स्थानमा खुम्चिएका छन्। उनले ४ हजार ८ सय ६४ मत मात्र प्राप्त गरेका छन्।
प्रकाशित: २२ फाल्गुन २०८२ २३:१७ शुक्रबार





