काठमाडौं क्षेत्र नम्बर-७ बाट प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार गणेश पराजुली सानदार जितसहित निर्वाचित भएका छन्।
फराकिलो मतान्तरसहित उनले निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका प्रमोदहरि गुरागाईंलाई पछाडि पारेका हुन्।
मतपरिणाम अनुसार पराजुलीले २७ हजार ८ सय ५ मत प्राप्त गर्दै सानदार जित हासिल गरेका छन्।
दोस्रो स्थानमा रहेका नेपाली कांग्रेसका उम्मेदवार गुरागाईंले ३ हजार ९ सय ८२ मत मात्र ल्याउन सके।
पराजुलीले गुरागाईंलाई २३ हजार ८ सय २३ मतको विशाल अन्तरले हराएका हुन्।
प्रकाशित: २२ फाल्गुन २०८२ २३:११ शुक्रबार





