३० वैशाख २०८१ आइतबार
image/svg+xml
अर्थ

उद्योग वाणिज्य महासंघ कोसीको समिति बिस्तार

नेपाल उद्योग वाणिज्य महासंघ कोसी प्रदेशले भविषकुमार श्रेष्ठ नेतृत्वको पर्यटन तथा हवाई यातायात समिति बिस्तार गरेको छ। कोसी प्रदेशको पर्यटन क्षेत्रलाई उजागर गरी प्रदेशमा ठूलो संख्यामा स्वदेशी तथा विदेशी पर्यटक भित्र्याउने उद्देश्यराखी उक्त समिति बिस्तार गरिएको हो।

समितिको सभापतिमा भविश श्रेष्ठ, उपसभापतिमा नाटा कोसीका अध्यक्ष पुण्य भट्टराई रहेका छन्। यसै गरी सदस्यहरूमा नाटा कोसीका पूर्व अध्यक्ष उदय श्रेष्ठ, होटल व्यवसायी महासंघका सचिव बासु बराल, निर्माण कृषि फार्मका सञ्चालक सुरज श्रेष्ठ, इटहरी उद्योग वाणिज्य संघका सचिव विनोद पौडेल, इलाम पर्यटन समितिका कमला बास्कोटा रिजाल, होटल डोम्लो प्रालिका सञ्चालक खेमराज बन र होटल फुलबारी इनरुवाका सञ्चालक रामसुन्दर श्रेष्ठ रहेका छन्।

यसै गरी आमन्त्रित सदस्यहरूमा होटल संघ झापाकी अध्यक्ष इन्दिरा श्रेष्ठ, भेडेटार होटल संघका सचिव रमेश श्रेष्ठ, कोसी ग्लोबल नेप्लिष्ट सैफ फेडेरेसनका अध्यक्ष प्रेमकुमार सुब्बा, अन्तु पर्यटन व्यवसायी संघका अध्यक्ष रुद्र घिमिरे, तेह्रथुमकी होटल सञ्चालक सिर्जना लामा फोम्बो, होटल संघ नेपालका सदस्य मोक्ष पोखरेल, सरोज पौडेल, होटल संघ नेपाल उदयपुरका पदमलाल लम्साल रहेका छन्।

यस्तै समितिको सल्लाहकारहरूमा होटल संघ नेपाल कोसीका अध्यक्ष राजन श्रेष्ठ, होटल व्यवसायी महासंघ कोसीका अध्यक्ष राजन दंगाल र इलाम उद्योग वाणिज्य संघकी पूर्व अध्यक्ष सुशीला सापकोटा रहेकी छिन्।

समितिका सदस्यहरूलाई प्रमाणपत्र हस्तान्तरण गर्दै नेपाल उद्योग वाणिज्य महासंघ कोसीका अध्यक्ष राजेन्द्र राउतले विस्तारित पर्यटन समितिले पर्यटन क्षेत्रको विकासमा सघाउ पुर्‍याउने विश्वास व्यक्त गरे।  

प्रकाशित: १८ भाद्र २०८० ०३:३९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App