११ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml

नीति र नेतृत्व

अध्यक्ष खड्गप्रसाद शर्मा ओलीले विकास गर्न खोज्दा आफूलाई सरकारबाट हटाइएको भन्ने दाबी गर्दै आएका छन्। वास्तवमा यही कारणले एमाले सरकारबाट हटेको होइन भन्नेमा सर्वसाधारण जानकार छन्।

दोलखा एमालेको नेतृत्व सम्हाल्न रस्साकस्सी

पुस २३ गते घोषणा गरेको जिल्ला अधिवेशन नजिकिँदै जाँदा दोलखा एमालेको पार्टी नेतृत्वमा पुग्न नेताहरुबीच रस्साकस्सी चलेको छ। पार्टी फुटेको अवस्थामा एकताको सन्देश दिन सर्वसम्मतिमा नेतृत्व चयन गर्नुपर्ने केन्द्रको नीतिका कारण संशय एकातिर छँदाछँदै दोलखा एमाले भित्रको एउटा पंक्ति नै सर्वसम्मतका नाममा कार्यकर्तालाई अन्याय हुने कारण लोकतान्त्रिक अभ्यासबाट नेतृत्व छान्न लागि परेको छ।

प्रदेश नं २ मा कांग्रेसको नयाँ नेतृत्वका लागि मतदान हुँदै

निर्वाचन समितिका संयोजक प्रह्लाद गौतमका अनुसार प्रदेश २ को नयाँ नेतृत्वका लागि संस्थापन पक्ष र संस्थापन इतर पक्ष प्यानलसहित चुनावी प्रतिस्पर्धामा उत्रिएका छन्।

एक दुखान्त नाटक

पौडेल समूहका सबै नेताले नायक बन्ने अभिनय गरे। संघर्ष पनि गरे। जनता तथा कार्यकर्तालाई आकर्षित गरे। तर, आफैँले कार्यकर्तालाई दिएको वचन तथा आफ्ना प्रतिबद्धताप्रति इमानदार रहेनन् ।

हालकाे नेतृत्व असक्षम हुँदा पार्टी सभापतिमा उठ्नु पर्‍याे: सिंह

नेपाली काँग्रेसको १४ औँ महाधिवेशनमा सभापतिका उम्मेदवार प्रकाशमान सिंहले हाल भइरहेको नेतृत्व असक्षम हुँदा पार्टी सभापतिमा उठ्नु परेको बताएका छन्।

विगतमा नेतृत्व प्रतिस्पर्धामा कसले कति मत पाए

पाँचौं महाधिवेशनबाट नेतृत्वका लागि नेताहरू प्रतिस्पर्धामा उत्रिन थालेका हुन्। आठौं महाधिवेशनमा भने कृष्णप्रसाद भट्टराई सर्वसहमतिबाट नेतृत्वमा चयन भए।

यस्ता दिन पनि आए

लोकतन्त्रमा कतैबाट खतरा छ भने त्यो नेताबाटै हो। लोकरिझ्याइँ मार्फत उदाउने केही नेताले यसलाई विकृत बनाउँछन्। तिनलाई आफैं राजा बन्ने धुन चढ्छ। यस्तो प्रवृत्ति हामीले बेलाबेला देखेका छौं।

कांग्रेस महाधिवेशनः पार्टीलाई सुदृढ बनाएर अघि बढाउने अवसर

देउवाले कांग्रेसले केपी शर्मा ओली नेतृत्वको सरकारको डरत्रासबाट जनतालाई मुक्ति दिएको भन्दै अब त्यस्तो अवस्था आउन नदिन नेता कार्यकर्ता सचेत हुनुपर्ने बताए। फेरि सभापतिको प्रत्यासी बन्ने तयारीमा रहेका देउवाले पार्टीलाई सुदृढ बनाएर अघि बढाउन आफू तयार रहेको दाबी गरे।

नाडा नयाँ नेतृत्वको लागि मतदान सुरु

नाडाको ४५औं वार्षिक साधारण सभा बुधवार देखि सुरु भएको हो। नाडाको नयाँ नेतृत्वका लागि ब्याबसायी करण चौधरी र ध्रुब थापाले उम्मेदवारी दिएका छन्।

दाहाल ३२ वर्षदेखि नेतृत्वमा

माओवादीबाट वैद्य, गजुरेल, बाबुराम भट्टराई र रामबहादुर थापा बाहिरिएपछि दाहाललाई तत्कालै चुनौती दिने कोही नभएकाले आगामी महाधिवेशनबाट पनि उनी सर्वसम्मत अध्यक्ष हुने माओवादी केन्द्रका नेता कार्यकर्ता बताउँछन्।

शक्ति बढाउँदै सिटौला

पार्टीभित्र विद्यमान तीन समूहमा सिटौला पक्ष एक्लाएक्लै प्रतिस्पर्धा गर्ने हैसित नभए पनि नयाँ नेतृत्व चयनका लागि क्षेत्र, जिल्ला हुँदै प्रदेशसम्म भएका निर्वाचनमा उनीहरूको मत निर्णयक बनेको छ। झापासहित केही जिल्लाको नेतृत्व आफ्नो पक्षमा पार्न सफल भएका सिटौलाले कोइरालाहरूको गढ मानिएको प्रदेश एकको नेतृत्व पनि आफ्नो पक्षमा पारेका छन्।

सभापतिको टुंगो नलाग्दा पदाधिकारीका आकांक्षी अन्योलमा

कांग्रेस महाधिवेशन सुरु हुन एक साता बाँकी रहँदा मुख्य नेतृत्वको प्रतिस्पर्धामा कोको खडा हुन्छन् भन्ने टुंगो नलागे पनि पदाधिकारीका आकांक्षीले दौडधुप बढाएका छन्।

राप्रपा मतगणना: लिङदेनले ११२१ मत ल्याउँदा थापाले १०२० मत ल्याए

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को नयाँ नेतृत्व चयनका लागि अहिले मतगणना जारी छ।

नेपाली कांग्रेस निर्वाचनः बागमती प्रदेशको नेतृत्वका लागि आज मतदान हुँदै

प्रदेश सभापतिका लागि हेटौँडाका इन्द्र बानियाँ, नुवाकोटका जगदिश्वर नरसिहं केसी र काठमाडौँका भिमसेनदान प्रधानले शुक्रबार उम्मेदवारी दर्ता गराएका थिए।

एमाले केन्द्रीय सदस्यमा उदयपुरका दुई महिला

चौधरी र थापा पार्टी विभाजन हुनुअघिदेखि नै अध्यक्ष केपी शर्मा ओली निकट हुन्। ओली निकट भएकैले उनीहरुलाई केन्द्रीय सदस्यमा सर्वसम्मत गरिएको पार्टी कार्यकर्ताहरु बताउँछन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्