coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

विगतमा नेतृत्व प्रतिस्पर्धामा कसले कति मत पाए

नेपाली कांग्रेसको स्थापनादेखि चौथो महाधिवेशनसम्म सर्वसहमतिमा नेतृत्व चयन भए पनि त्यसपछि भने प्रतिस्पर्धा सुरु भएको इतिहास छ।

पाँचौं महाधिवेशनबाट नेतृत्वका लागि नेताहरू प्रतिस्पर्धामा उत्रिन थालेका हुन्। आठौं महाधिवेशनमा भने कृष्णप्रसाद भट्टराई सर्वसहमतिबाट नेतृत्वमा चयन भए। त्यसपछिका सबै महाधिवेशनमा नेतृत्वका लागि प्रतिस्पर्धा हुँदै आएको छ। विभिन्न महाधिवेशनमा नेतृत्व प्रतिस्पर्धामा प्राप्त मत परिणाम यस्तो छः

पाँचौं महाधिवेशन– २००९

बिपी कोइराला  ः २९८ मत

मातृका कोइराला  ः ६८ मत

केदारमान व्यथित  ः २ मत

छैटौं महाधिवेशन– २०१२ 

सुवर्णशमशेर राणा  ः २२६ मत

गणेशमान सिंह  ः १७२ मत

सातौं महाधिवेशन– २०१७  

बिपी कोइराला  ः ५,९७३

भूपदेव राई  ः ८६५ मत  

नवौं महाधिवेशन– २०५३  

गिरिजाप्रसाद कोइराला  ः१,१४४ मत

चिरञ्जीवी वाग्ले  ः २५४ मत

रामहरि जोशी  ः १२ मत

 

एघारौं महाधिवेशन– २०६२  

गिरिजाप्रसाद कोइराला  ः १,२१५ मत

नरहरि आचार्य  ः १६५ मत  

 

बाह्रौं महाधिवेशन– २०६७ 

सुशील कोइराला  ः १,६५२ मत 

शेरबहादुर देउवा  ः १,३१७

भीमबहादुर तामाङ  ः ७८ मत 

तेहौं महाधिवेशन– २०७२

शेरबहादुर देउवा  ः १,८२२ मत  

   (दोस्रो चरण)

रामचन्द्र पौडेल  ः १,२९६ मत 

   (दोस्रो चरण)

कृष्णप्रसाद सिटौला  ः ३२४ मत  

(सिटौला पहिलो चरणबाट बाहिरिएपछि देउवा र पौडेलबीच प्रतिस्पर्धा)

प्रकाशित: २७ मंसिर २०७८ ०३:३५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App