२० वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

नेपाली कांग्रेस निर्वाचनः बागमती प्रदेशको नेतृत्वका लागि आज मतदान हुँदै

नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत बागमती प्रदेशको नेतृत्वका लागि आज शनिबार मतदान हुँदैछ। प्रदेश राजधानी हेटौँडामा हुने मतदानका लागि प्रदेशभरका २१ सय ३७ जना प्रतिनिधि सहभागी हुनेछन्।

प्रदेश सभापतिका लागि हेटौँडाका इन्द्र बानियाँ, नुवाकोटका जगदिश्वर नरसिहं केसी र काठमाडौँका भिमसेनदान प्रधानले शुक्रबार उम्मेदवारी दर्ता गराएका थिए। मतदान बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म हुने निर्वाचन समितिले जानकारी दिएको छ।  

बानियाँको समूहको उपसभापतिमा मदनकृष्ण श्रेष्ठ र धर्मराज गौतम, महामन्त्रीमा राजु श्रेष्ठ र तिलक रुवाली,सहमहामन्त्रीमा हरिशरण श्रेष्ठ, महेन्द्र थिङ र निरु खड्काले उम्मेदवारी दिएका छन्। त्यस्तै केसी प्यानल समूहबाट उपसभापतिमा मोहन बस्नेत र राजेन्द्र बुर्लाकोटी, महामन्त्रीमा कन्चनचन्द्र बादे, रामचन्द्र अर्याल(बादे), सहमहामन्त्रीमा जीवन डंगोल, ऋषिराम घिमिरे, बीरबहादुर तामाङले उम्मेदवारी दिएका छन्। 

त्यस्तै प्रधान समूहबाट उपसभापतिमा चन्द्र महर्जन र पर्शुराम पोखरेल, महामन्त्रीमा सुरेश श्रेष्ठ र गौरीप्रसाद दवाडी,सहमहामन्त्रीमा राजकुमार पाठक, जयनारायण सापकोटा र मोतीमाया तामाङले उम्मेदवारी दिएका छन्।  

बानियाँले कांग्रेस सभापति शेरबहादुर देउवा समूहको नेतृत्व सम्हालेका छन्। त्यस्तै केसीले कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री प्रकाशमान सिंहको नेतृत्व गरेका छन् भने प्रधानले कांग्रेस पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाको नेतृत्व गरेका छन्।

कांग्रेस बागमती प्रदेशको पदाधिकारीमा १ सभापति,२ उपसभापति, २ महामन्त्री, १ महिला सहित ३ जना सहमहामन्त्री चयन हुनेछ। प्रदेशस्तरीय ९१ जना निर्वाचित हुनेछन्। जसमध्ये ८ जना पदाधिकारी, ४८ जना खुल्लातर्फ सदस्य र ३५ जना समावेशीतर्फबाट निर्वाचित हुनेछ। अधिवेशनमा १३ जिल्लाका २१ सय ३७ जना सहभागी छन्।

प्रकाशित: १८ मंसिर २०७८ ०३:११ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App