२३ आश्विन २०८१ बुधबार
image/svg+xml

सिगास गाउँपालिकाकी महिला कर्मचारीको भीरबाट लडेर मृत्यु

बैतडीको सिगास गाउँपालिकामा कार्यरत महिला कर्मचारीको भीरबाट लडेर मृत्यु भएको छ।

टर्कीमा आगलागी हुँदा नौ सिरियालीको मृत्यु

मध्यरातमा आगलागी शुरू भएपछि तत्काल अग्निनियन्त्रकलाई बोलाइएको तर आगो निभाउँदासम्म सिरियाबाट टर्कीमा शरण लिँदै आएका एकै परिवारका नौ जनाको मृत्यु भएको अधिकारीले बताएका छन्।

प्यूठानमा जीप दुर्घटना हुँदा ३ जनाकाे मृत्यु

प्यूठानमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। पूर्णिमा मेला हेर्न गएका प्यूठान नगरपालिका-५ पातलकटेरीका यात्रु बोकेको जीप गए राति प्यूठान नगरपालिका-५ पूर्णागाउँमा दुर्घटना भएको हो।

कालिकोटमा जीप दुर्घटनाः ३ जनाको मृत्यु,७ घाइते (अपडेट)

दुर्घटनामा मुगु गमगढीका २१ वर्षीय अक्कल विश्वकर्मा, २१ वर्षीय रमेश बुढा र २५ वर्षीय सुदर्शन सेजुवालको मृत्यु भएको कालीकोटका प्रहरी प्रमुख जयश्वर रिमालले नेपालले जानकारी दिए।

रुपन्देहीको देवदहमा श्रीमान्-श्रीमती घरभित्रै मृत फेला

बोलिन्द्र केही समय पहिले वैदेशिक रोजगारीबाट फर्केका थिए। सोमबार बिहान अबेरसम्म घरको ढोका नखुलेपछि छिमेकीले प्रहरीलाई खबर गरेका थिए। घटना स्थलको प्रकृति हेर्दा हत्या गरी आत्महत्या जस्तो देखिएपनि थप अनुसन्धान अगाडि बढाइएको डीएसपी केसीले बताए।

खर काट्ने क्रममा भीरबाट लडेर महिलाको मृत्यु

सिगास गाउँपालिका–४ बरमका करिब ४५ वर्षीया गौरा बोहराको मृत्यु भएको स्थानीय मीनबहादुर बोहराले बताए।

भारतमा काम गर्ने एक युवकको अरिङ्गालको टोकाइबाट मृत्यु

कामको सिलसिलामा भारतको पिथौरागढमा रहेका बैतडीको सिगास गाउँपालिकाका–६ जडानीकोटका ३२ वर्षीय हरिभान धामीको अरिङ्गालको टोकाइबाट मृत्यु भएको हो।

रुसको नाइटक्लबमा आगलागी हुँदा १३ जनाको मृत्यु

सो दुर्घटनमा अन्य ४ जना घाइते भएको क्षेत्रीय आपतकालीन सेवाका प्रवक्ताले रुसको स्पुतनिक समाचार एजेन्सीले जनाएको छ।

कुटपिटबाट गम्भीर घाइते साहको मृत्यु

गरुडा नगरपालिका वडा ९ सिसवा धमौराका ५२ बर्षीया छविलाल साह तेलिको उपचारको क्रममा मृत्यु भएको प्रहरी कार्यालय रौतहटका प्रहरी प्रमुख एसपी बिर बहादुर बुढा मगरले बताए।

मोरङमा एक कैदीको मृत्यु

मोरङ कारागारमा कैद सजाय भुक्तान गरिरहेको मानबहादुर खपांगीको मृृत्यु भएको छ। तेह्रथुमको आठराई गाउँपालिका–४ घर भएका ५४ वर्षीय खपांगीको उपचारका क्रममा मंगलबार साँझा विराटनगरस्थित कोसी अस्पतालमा मृत्यु भएको कारागारका निमित्त जेलर तुलसीराम भगतले जानकारी दिए।

काठमाडौंको बागबजारमा घरको छतबाट खसेर बालिकाको मृत्यु

बागबजारस्थित नानीदेवी महर्जनको घरको पाँचौँ तल्लाको झ्यालबाट खसेर उनकी छोरी दुई वर्षीया रियासा महर्जनको आज बिहान मृत्यु भएको हो।

शिवनगरले जित्यो मुन्नी मिश्रि स्मृति भलिबलको उपाधि

प्रतियोगिताका रेफ्रि रवि यादव, लक्ष्मण गौतम र अर्जुन सिंहलाई आयोजक क्लबले सम्मान गरेका थिए। शुक्रबारदेखि सुरु भएको भलिबल प्रतियोगितामा महोतरीका ८ टिम सहभागी भएका थिए।

करौडौं लगानीमा बनाइएको पार्क अस्तव्यस्त

पूर्व–पश्चिम लोकमार्गसँगै जोडिएको सो पार्क पिकनिक खाने, घुम्ने पर्यटकहरुकोे लागि नभइ लोकमार्ग हुँदै यात्रा गर्ने यात्रुहरुको लागि पनि एकछिन सुस्ताउने राम्रो गन्तव्य बन्ने प्रचुर सम्भावना थियो। त्यसैगरी चन्द्रपुरका स्थानीयहरुलाई मर्निङ वाक गर्न, बालबच्चा घुमाउन, हरियालीमा समय बिताउन पनि पार्क महत्वपूूर्ण हुनसक्ने स्थानीय प्रह्लाद गौतम बताउँछन्।

पूर्वी नवलपरासीमा दुईजनाको मृत्यु

बुलिङ्गटार गाउँपालिका–६ हडाहाटारका २५ वर्षीय सञ्जय कुमाल आफ्नै घर नजिकैको परालको टौवामुनि मृत फेला परेका हुन्।

सन्धिखर्क विमानस्थलमा दुई मोटरसाइकल दुर्घटना, दुई जनाको मृत्यु

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक मुकुन्द रिजालका अनुसार गए राति दुई मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्