४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

मोरङमा एक कैदीको मृत्यु

मोरङ कारागारमा कैद सजाय भुक्तान गरिरहेको मानबहादुर खपांगीको मृृत्यु भएको छ। तेह्रथुमको आठराई गाउँपालिका–४ घर भएका ५४ वर्षीय खपांगीको उपचारका क्रममा मंगलबार साँझा विराटनगरस्थित कोसी अस्पतालमा मृत्यु भएको कारागारका निमित्त जेलर तुलसीराम भगतले जानकारी दिए।  

तेह्रथुम जिल्ला अदालतले २०७४ माघ ९ गते सपांगीविरुद्धको जबरजस्ती करणी मुद्दामा ठहर गर्दै १० वर्ष कैद सजायको फैसला गरिएको थियो। अदालतको फैसलाबाट तेह्रथुम कारागारमा २ वर्ष कैद भुक्तान गरेपछि उनलाई मोरङ कारागार ल्याइएको थियो।  

२०७६ मंसिर २४ गते तेह्रथुमबाट स्थानान्तरण गरेर ल्याइएका खपांगी बिरामी भएपछि कात्तिक १२ गते बिहान विराटनगरस्थित कोसी अस्पताल भर्ना गरिएको थियो। उपचारका क्रममा १५ गते मंगलबार साँझ ६ बजेतिर मृत्यु भएको निमित्त जेलर भगतले बताए।  

केही दिनदेखि खाना नरुचने समस्या भएपछि उनलाइ अस्पताल भर्ना गरिएको थियो। उनीमा पेट र पायल्सको पुरानै समस्या थियो। मृतकको शव कोसी अस्पतालमा राखिएको छ। खपांगीको शव बुझ्ने प्रक्रिया पूरा भइसकेको र बिहीबार उनका परिवारका सदस्यले लैजाने निमित्त जेलर भगतले जानकारी दिए।

प्रकाशित: १६ कार्तिक २०७९ १०:४९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App