९ आश्विन २०८१ बुधबार
image/svg+xml
समाज

कुटपिटबाट गम्भीर घाइते साहको मृत्यु

रौतहटमा दुई पक्षबीच भएको कुटपिट घटनामा गम्भीर घाइते भएका एक पुरुषको उपचारको क्रममा ज्यान गएको छ ।  

गरुडा नगरपालिका वडा ९ सिसवा धमौराका ५२ बर्षीया छविलाल साह तेलिको उपचारको क्रममा मृत्यु भएको प्रहरी कार्यालय रौतहटका प्रहरी प्रमुख एसपी बिर बहादुर बुढा मगरले बताए।

उनका अनुसार वयोधा अस्पतालको सघन कक्षमा उपचारको क्रममा शुक्रबार राति करिब ८:४५ बजे मृत्यु भएको हो।

हैण्डपाईप जडानको विषयमा गत अशोज २६ गते बुधबार बिहान ८ बजे बिशुनदयाल यादव र साह पक्ष बीच वादविवाद भएको थियो । वादविवाद पछि सोही दिन बिशुनदयाल पक्षका १०/१२ जनाले बाटो भएर हिँडिरहेका छबिलाल माथि अन्धाधुन्ध लठ्ठी, भाटा लगायत घरेलु हतियार प्रहार गरि अचेत अवस्थामा पुर्याएको थियो ।  

कुटपिटबाट अचेत भएर गम्भीर घाइते भएका साहको बयोधा हस्पिटल बिरगंजमा राति उपचारको क्रममा ज्यान गएको एसपी मगरले बताए ।

घटनामा संलग्न व्यक्तिहरु माथि कारवाही माग गर्दै ज्यान मार्ने  मुद्दा  दर्ता भएको र घटनाका मुख्य योजनाकार विसुनदयाल यादवलाई प्रहरीले नियन्त्रणमा लिइ अनुसन्धान अगाडि बढाएको तथा अन्य फरारको खोजी भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: १९ कार्तिक २०७९ ०३:२२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App