४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
खेल

शिवनगरले जित्यो मुन्नी मिश्रि स्मृति भलिबलको उपाधि

महोत्तरीको गौशालामा आयोजित मुन्नी मिश्रि स्मृति भलिबलको उपाधि शिवनगरले जितेको छ। शनिबार भएको फाइनल खेलमा आयोजक सामुदायिक विकास युवा क्लबलाई पराजित गर्दै शिवनगर विजयी भएको हो।

आयोजक सामुदायिक विकास युवा क्लबलाई २–३ सेटको अन्तरले शिवनगरले पराजित गरेको छ। बेस्ट ५ सेटको खेलको सुरुवातमा आयोजक सामुदायिक विकास युवा क्लब आक्रमक खेल प्रदर्शन गरेपनि अन्तिम दुई सेटको खेलामा शिवनगर हावी भएका थिए। विजेता शिवनगरलाई नगद ११ हजार, शिल्ड, मेडल र प्रमाण पत्र प्रमुख अतिथि पोषण थापा र विशिष्ट अतिथि प्रमोद महतोले संयुक्त रुपमा प्रदान गरेका थिए।

उप विजेता सामुदायिक विकास युवा क्लबले नगद ५ हजार, शिल्ड, मेड र प्रमाण पत्र प्राप्त गरे। प्रतियोगितामा बेस्ट बलकर शिवनगरका बसन्त शर्मा, वेस्ट स्पाइकर सामुदायिक विकास युवा क्लबका अभिषेक चौधरी, वेस्ट लिफटर महेश चौधरी र वेस्ड डिफेन्डर अरुण चौधरी चुनिए। उनिहरु लाई नगद १ हजार रुपैयाँ र मेडल प्रदान गरिएको थियो।

गौशालाको कान्तिबजारमा सामुदायिक विकास युवा क्लबले लागुऔषध दुर्व्यसनविरुद्ध हाम्रो प्रहार नाराका साथ मुन्नी मिश्रि स्मृति भलिबल प्रतियोगिता आयोजना गरेको थियो। प्रतियोगिताका रेफ्रि रवि यादव, लक्ष्मण गौतम र अर्जुन सिंहलाई आयोजक क्लबले सम्मान गरेका थिए। शुक्रबारदेखि सुरु भएको भलिबल प्रतियोगितामा महोतरीका ८ टिम सहभागी भएका थिए।

प्रकाशित: १२ कार्तिक २०७९ १५:०७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App