१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

प्यूठानमा जीप दुर्घटना हुँदा ३ जनाकाे मृत्यु

प्यूठानमा मध्यराती १२ बजे जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। प्यूठान नगरपालिका–५ खैराबाट पूर्णगाउँतर्फ जाँदै गरेको लु १ ज ३७०७ नम्बरको जिप दुर्घटना हुँदा ३ जनाको घटनास्थलमै मृत्यु भएको प्रहरी प्रहरीले जनाएको छ। दुर्घटनामा मृत्यु हुनेमा ४६ वर्षीय खुमन थापा, ४३ वर्षीया बच्ची थापा जुनकी र ५२ वर्षीया मैमा घर्ती छन्।  

दुर्घटनामा परि १२ जना घाइते भएका छन्। घाइते हुनेहरूमा प्यूठान नगरपालिका–५ पूर्णगाउँका ३४ वर्षीया कीजगमाया महरा, ५० वर्षीया किगदी घर्ती, ५० वर्षीया डिलाराम घर्ती, ३१ वर्षीया बिरीकुमारी महरा, ४७ वर्षीया गोरी खत्री, ५२ वर्षीया फागुनीखत्री, २५ वर्षीया श्रीमायामहरा, ५८ वर्षीय रामे रोका, ३७ वर्षीय निमलाल घर्ती मगर, १८ वर्षीया कुमारी महरा, ४३ वर्षीया किनखी महरा र ३४ वर्षीया किनिमा खत्री छन्। घाइतेको जिल्ला अस्पतालमा उपचार भइरहेको छ।

प्रकाशित: २३ कार्तिक २०७९ ०३:१९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App