१६ वैशाख २०८१ आइतबार
image/svg+xml
अन्तर्राष्ट्रिय

टर्कीमा आगलागी हुँदा नौ सिरियालीको मृत्यु

टर्कीको उत्तरपश्चिमी शहर बुर्सामा मङ्गलबार राति भएको आगलागीमा परी आठ बालबालिकासहित कम्तीमा नौ जनाको मृत्यु भएको छ। आगलागीमा परी आठ बालबालिकासहित कम्तीमा नौ जनाको मृत्यु भएको इस्तानबुलका गभर्नरले बुधबार पुष्टि गरेको छ।

मध्यरातमा आगलागी शुरू भएपछि तत्काल अग्निनियन्त्रकलाई बोलाइएको तर आगो निभाउँदासम्म सिरियाबाट टर्कीमा शरण लिँदै आएका एकै परिवारका नौ जनाको मृत्यु भएको अधिकारीले बताएका छन्। मृतक सबैलाई राति सुतेको समय निद्रामा नै आगोले जलेको अवस्थामा भेटिएको थियो। प्रान्तीय अधिकारीहरूका अनुसार मृतकहरूमा छ जना भाइबहिनी, उनीहरूकी आमा र दुई जना काका–काकी थिए। ती सबै बालबालिका ११ वर्षमुनिका रहेको बताइएको छ।  

प्रारम्भिक रिपोर्टअनुसार परिवार सुतिरहेको बेला न्यानोका लागि बालिएको स्टोभ हिटरले नजिकैको सामान सल्किँदा आगलागी भएको थियो।  घटनाबारे अनुसन्धान शूरू गरिएको र विस्तृत विवरण रिपोर्ट आउँदासाथ तत्काल सार्वजनिक गरिने गभर्नरको कार्यालयले जनाएको छ। सिरियामा लामो समयदेखि जारी गृहयुद्धबाट भागेका करिब ४० लाख सिरियाली शरणार्थी टर्कीमा आश्रय लिँदै आएका छन्।  

प्रकाशित: २३ कार्तिक २०७९ १४:२९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App