२५ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

काठमाडौंको बागबजारमा घरको छतबाट खसेर बालिकाको मृत्यु

काठमाडौंको बागबजारमा घरको छतबाट खसेर  बालिकाको मृत्यु भएको छ।

बागबजारस्थित नानीदेवी महर्जनको घरको पाँचौँ तल्लाको झ्यालबाट खसेर उनकी छोरी दुई वर्षीया रियासा महर्जनको आज बिहान मृत्यु भएको हो।  

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक दिनेशराज मैनालीले आइतबार राति आफ्नै घरबाट खसेर गम्भीर घाइते भएकी महर्जनको उपचारका क्रममा राष्ट्रिय ट्रमा सेन्टरमा आज बिहान मृत्यु भएको जानकारी दिए।  

घटनाको बारेमा प्रहरी वृत्त कमलपोखरीबाट आवश्यक अनुसन्धान भइरहेको प्रवक्ता मैनालीले बताए। रासस

प्रकाशित: १४ कार्तिक २०७९ ०४:३७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App