३ आश्विन २०८१ बिहीबार
image/svg+xml

तरकारीको मूल्य चर्को

यस्तो बेलामा अचानक महँगी बढ्नु स्वाभाविक होइन। जहाँ आपूर्ति धेरै गर्नु पर्दैन भने मूल्य बढ्नुपर्ने अवस्था पनि रहँदैन। तरकारी बजारलाई व्यवस्थित गर्न नसकेका कारण यस्तो भएको हो। मूल्य वृद्धि हुँदा पनि एकैचोटि दोब्बरसम्म हुनु आफैंँमा अस्वाभाविक हो।

जलवायु परिवर्तनसम्बन्धी छलफलमा अर्थमन्त्री

अर्थमन्त्री जनार्दन शर्मा र विश्व बैंकका प्रतिनिधिहरूबीच भर्चुअल बैठक सम्पन्न भएको छ। बुधबार भएको बैठकमा विश्व बैंकको सहयोगमा नेपालमा सञ्चालित विकास परियोजनाहरू र जलवायु परिवर्तनको असरका विषयमा छलफल भएको हो।

भौतिक उपस्थितिमै विद्यालय खोल्ने तयारी

काठमाडौं जिल्ला प्रमुख कार्यालयले कोभिडको अवस्था मूल्यांकन गर्दै नगर शिक्षा समीतिको निर्णयबाट अगामी असोज १ गतेदेखि विद्यालय खोल्ने निर्णय गरेसँगै काठमाडौं जिल्लाका विद्यालय, विद्यार्थी, अभिभावक तथा शिक्षा विभाग विद्यालय खोलाउने तयारीमा जुटेका छन्।

हवाई सेवामा वर्षाको असर: सोमबार पूरै रद्द, मंगलबार चार उडान मात्र

भारी वर्षाले भिजिबिलिटी नपुग्दा पोखराबाट हुने हवाई उडान दुई दिनसम्म प्रभावित भएको छ। सोमबारका पूरै र मंगलबारका अधिकांश उडान रोकिएका छन्। मंगलबार अबेरतिर मौसम सुध्रिएपछि चार उडान भएको पोखरा विमानस्थलले बताएको छ।

रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ

उनी गत आइतबार देश छोडेर ताजिकिस्तानतर्फ लागेका थिए। उनी अहिले संयुक्त अरब इमिरेट्स पुगेको बताइएको छ। उनलाई बुधबार साँझ युनाइटेड अरब इमिरेट्समा स्वागत गरिएको छ। उनको साथमा उनको परिवार पनि रहेका छन्।

गुणस्तरहीन खाद्यवस्तु बेचे पाँच वर्षसम्म कैद

राष्ट्रियसभा बैठकले स्वीकृत गरिसकेको यससम्बन्धी विधेयक संघीय प्रतिनिधिसभाबाट स्वीकृत भएपछि कार्यान्वयनमा आउँछ।

सर्त पालना नहुँदा चियाको गुणस्तरमा असर

जिल्लाको माइखोलापूर्वका हजारौं किसान वर्षाैंदेखि हरियो चियापत्तीको मूल्य नपाएर लगानी नै उठ्न नसकेको चिन्तामा छन्। यहाँका चिया उद्योगी हरियोपत्ती नै राम्रो नभएकाले गुणस्तरीय चिया बनाउन नसकेको गुनासो गर्छन्।

अफगानिस्तानका राष्ट्रपति असरफ घानीले देश छाडे

अफगानिस्तानका राष्ट्रपति असरफ घानीले देश छाडेका छन्। अफगान अधिकारीहरूलाई उद्धृत गर्दै राष्ट्रपति घानीले विद्रोही संगठन तालिबानको धम्की पछि देश छाडेको बीबीसीले उल्लेख गरेको छ।

मानसिक स्वास्थ्यमा ध्यान नपुग्दा समस्या

दैनिक अस्पतालको दैलोमा आउने दर्जनौं बिरामीलाई यतिबेला मनोविमर्श सेवाको आवस्यकता छ तर यहाँका अस्पताल तथा अन्य कुनै पनि सेवाप्रवाह गर्ने सरकारी संरचनामा एक जना पनि मनोविमर्शकर्ता छैनन्।

विद्यालय बन्दको असर: साना बालबालिकाले क,ख बिर्सिए

'राम्रो पढिरहेकी छोरीले अचेल क, ख र ए, बी, सी, डीसमेत बिर्सिएकी छिन्, अस्ति यसो पढाउन खोजेको छोरीले सबै बिर्सिएको देख्दा चिन्ता बढ्यो' अभिभावक छपिलालले भने, 'साना बालबालिकाले छिटो बिर्सने रहेछन्। चार महिनादेखि विद्यालय बन्द हुँदा बालबालिकाको पढाइ लथालिङ्ग भएको छ।'

कोभिड–१९ को दीर्घ असरले रोगबारे के खुलासा गर्दै छ?

सुरुको संक्रमणको केही महिनापछि पनि कोभिड–१९ का बिरामी विभिन्न लक्षणहरूसँग जुध्न बाध्य छन्। महामारी सुरु भएको एक वर्ष भइसकेको पृष्ठभूमिमा वैज्ञानिकहरूको ध्यान दीर्घ कोभिड के कारणले हुन्छ भन्नेमा छ।

कोभिडको असरः ह्याचरी उद्योगमा ६ अर्बको क्षति

बजारमा चल्ला बिक्री नभएपछि सञ्चालनमा रहेका ह्याचरी उद्योगले निकै न्यून मात्रामा उत्पादन गरिरहेका छन्।

चुरोट पिउनेलाई कोरोनोको बढी असर

चुरोट सेवन गर्नेहरूमा चुरोटमा भएको निकोटिन, धुँवा र क्यान्सरजन्य तत्व, फोक्सोको भित्तामा फाइब्रोसिस (घाउ) निकोटिनका कणहरू जमेर बसेका हुन्छन्। जुन तत्वले फोक्सोलाई तनाव बनाई कमजोर बनाइसकेको हुन्छ र स्वस्थ फोक्सो नष्ट भइसकेको हुन्छ। यस्तो व्यक्तिमा कोरोना भाइरसको संक्रमण भएमा बाहिरको भाइरसलाई फोक्सोले प्रतिरोध गर्न नसकी भाइरसले बाँकी स्वस्थ फोक्सोको भाग पनि सजिलै नष्ट गर्न सक्छ।

धितोपत्र बजारमा बजेटको सकारात्मक असर

सरकारले आगामी आर्थिक वर्षका लागि प्रस्तुत गरेको बजेटलाई धितोपत्र बजारले स्वागत गरेको छ । नेपाल स्टक एक्सचेञ्जमा आज भएको कारोवारले सो संकेत गरेको हो । नेप्सेमा आज भएको कारोवार रकम हालसम्मकै उच्च रहेको छ । नेप्से १२.५४ बिन्दुले बढेर दुई हजार ८२७.९३ मा पुगेको छ ।

मनाङमा घरभित्रै बाढी पस्यो, घर भत्किँदा तनहुँमा महिलाको मृत्यु

चारदिनदेखिको लगातारको वर्षाले हिमाली जिल्ला मनाङमा सडक सहित घरमा क्षति पु¥याएको छ । तनहुँमा भने पहिरोले घर पुरिँदा एकजना महिलाको ज्यान गएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्